रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
देश

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ



देश   97 पटक पढिएको      २०७५ जेष्ठ १९ शनिवार  

गुणस्तरहिन सामाग्री प्रयोग गरि पक्की नाला निर्माण गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित ३ जनालाई शनिबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहितको टोलीले गरेको अनुगमनका क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरि पक्की नाला निर्माण गरिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो।

मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाका अनुसार टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्त, सुपरभाइजर विनय साह र अर्का एक कर्मचारी पक्राउ परेका छन्।

विराटनगर महानगरका मेयर पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले महेन्द्रचोक छेउ पश्चिम साइडमा बनाईंदै गरेको पक्की नाला गुणस्तरहिन भएको पाएको थियो। सिमेन्टनै नमिसाई वालुवाको जोडाइ गर्दै गरेको भेटिएपछी निर्माणमा संलग्नहरुलाई प्रशासनिक कार्वाहीका लागी सिफारिस गरेलगत्तै उनीहरु पक्राउ परेका हुन्।

महानगरले कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुगमनस्थलबाटै पत्राचार गरेको थियो। यसको केही समयमै प्रहरीले निर्माणमा संलग्नहरुलाई पक्राउ गरेको थियो।

महानगरको पत्रमा टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्धय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई यथासिघ्र पक्राउ गरी प्रशासनिक कार्वाही गर्न भनिएको छ।

उक्त पत्रको बोधार्थ व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ।

पटक पटक व्यापारिक मार्ग बिस्तार आयोजना महेन्द्रचोक देखी वरगाच्छीको भागमा गुणस्तरहिन काम र हरेक विकासमा ढिलाई भएका कारण पक्राउका लागि सिफारिस गर्नु परेको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए। उनले कमसल सामान र गुणस्तरहिन काम गर्ने जो कोही ठेकेदारलाई नछाड्ने बताए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2290427 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top