रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

उर्जा र वन मन्त्रालयबीच उच्चस्तरीय छलफल



राजनिति   87 पटक पढिएको      २०७५ जेष्ठ १८ शुक्रवार  

काठमाडौं जेठ १८ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयको उच्चस्तरीय टोलीबीच अन्तर मन्त्रालय समन्वयबारे छलफल भएको छ।

उर्जा र वन मन्त्रालयबीच उच्चस्तरीय छलफल

शुक्रबार उर्जा मन्त्रालयमा भएको छलफलमा विकास, निर्माणकार्य र समृद्धिका लागि समन्वय र सहकार्यका साथ अगाडि बढ्ने सहमति भएको हो।

छलफलका क्रममा उर्जा मन्त्रालयका तर्फबाट वन तथा वातावरण मन्त्रालबाट वातावरणीय प्रभाव अध्ययन मूल्याङकन र आयोजना स्थल तथा प्रसारण लाइन निर्माण क्षेत्रमा रुख कटान प्रक्रिया सहज बनाइदिन आग्रह गरिएको थियो। वन तथा वातावरण मन्त्रालयका तर्फबाट भने आफ्नो मन्त्रालय विकासविरोधी नभएको स्पष्ट गर्दै विकास निर्माणका काममा आफ्ना तर्फबाट सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो मन्त्रालय विकास विरोधी हुन नसक्ने स्पष्ट गरे। सडक, बिजुली र सिञ्चाईसहित विकासका पूर्वधार निर्माण वर्तमान सरकारको प्राथमिक कार्यसूच भएको चर्चा गर्दै उनले सरकारको एक अंगका रुपमा वन मन्त्रालयले विकासकार्यमा सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।

‘हामी पूर्वाधार निर्माणको चरणमा छौं। विकासका पूर्वाधार निर्माण हाम्रो आजको राष्ट्रिय प्राथमिकता हो भन्नेमा म र मेरो मन्त्रालयको पूरै टिम जानकार छ’ उनले भने,‘वन तथा वातावरण मन्त्रालय विकासको बाधक बन्न सक्दैन।’

यस्तै उर्जामन्त्री वर्षमान पुनले विकासलाई फोकस गरेर कानून, विधि र प्रक्रिया निश्चिचत गर्न सरकार सक्रिय भएर लागेको बताए। उनले विकास कुनै एक मन्त्रालयको मात्र जिम्मेवारी नभई समग्र मुलुककै एजेण्डा भएकाले त्यसमा सबै मन्त्रालयबीच समन्वय हुनुपर्नेमा जोड दिए।

‘प्रधानमन्त्रीज्यूले पटकपटक स्पष्ट रुपमा भन्दै आएका छन्। हामीले अबको १० वर्षभित्र बाटो, बिजुली र उद्योगको फाउण्डेशन बनाउनैपर्छ’ मन्त्री पुनले भने,‘नयाँ बनाउँदा पूराना केही भत्किन्छन्,पुरानो जोगाउने नाममा नयाँ नबनाउने भन्ने हुन सक्दैन।’

मन्त्री पुनले पनि विकासविरोधी ऐन/कानूनका प्रावधान परिवर्तन गरिने स्पष्ट गरे। ‘एकअर्काका बीचमा सहकार्य र सहजीकरण गरेर मुलुकको विकास गरौं’, उनले भने,‘एकअर्कामाथि आरोप लगाउने होइन, सहयोग गरौं।’

छलफलमा उर्जा मन्त्रालयका तर्फबाट मन्त्री पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभिन्न लजविद्युत आयोजनाका प्रमुख र वन तथा वातावरण मन्त्रालयका तर्फबाट मन्त्री बस्नेत, सचिव विश्वनाथ ओली तथा सह–सचिवद्वय चन्द्रमान डंगोल र डा. महेश्वर ढकाल सहभागी थिए।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486698 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top