रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
देश

राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै नेपाली हुन सक्छन्ः मन्त्री पण्डित



देश   37 पटक पढिएको   काठमाडौँ संवाददाता   २०७५ जेष्ठ १५ मंगलवार  

काठमाडौँ जेठ १५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पाण्डितले राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै सच्चा नेपाली हुन सक्ने बताएका छन्।

राष्ट्रिय भावनाले ओतप्रोत हुनेहरु मात्रै नेपाली हुन सक्छन्ः मन्त्री पण्डित

गायक, संगीतकार तथा पूर्वप्रहरी नायव उपरिक्षक किशोर खतिवडाको १३ औं पुण्य तिथिको अवसरमा ‘हामी नेपाली’ म्युजिक भिडियो मंगलबार संवाद डबलीमा लोकापर्ण गर्दै मन्त्री पण्डितले नेपालमा बस्ने सबैले सच्चा नेपाल हुन सक्नुपर्ने बताए।

‘यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ’, उनले भने। मन्त्री पण्डितले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट ठूलो योगदान दिएको बताए। खतिवडा देशप्रेम भएको ब्यक्ति समेत भएको उनको दावी थियो।

कार्यक्रममा पूर्व एसएसपी गुप्त बहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दिप लुलाधारलगायतले खतिवडाले समाजको लागि गरेको कार्यको चर्चा गरेका थिए।

त्यसैगरी खतिवडाकी छोरी श्रद्धा खतिवडाले बुबाकोदेशप्रतिको मायाले आफूहरुलाई प्रेरणा दिइरहेको बताइन्। उनले बाबुले समाजको लागि गरेको कुराको चर्चा हुँदा पीडा कम भएको अनुभूति भएको बताइन्।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2290425 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top