रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
मनोरञ्जन

सुनकेशरी : डरलाग्दो होइन हाँसउठ्दो



मनोरञ्जन   17 पटक पढिएको      २०७५ जेष्ठ १२ शनिवार  

जेठ १२ । भूत-प्रेतलाई पछौटे समाजको उपज मानिन्छ । चेतनाको निम्न धरातलमा भूत-प्रेत हावी छ । पछौटे एवं अशिक्षित समाजलाई अहिले पनि भूतप्रेतले सताइरहेको छ ।

 सुनकेशरी : डरलाग्दो होइन हाँसउठ्दो

 बच्चादेखि नै ‘भूतप्रेत’ को डर लिएर हुर्किरहेको हाम्रो समाजमा यो अदृश्य शक्ति कति शक्तिशाली छ भने, धेरै मानिस यसबाट भयभीत छन् । त्रसित छन् ।

जबकी आधुनिक सभ्यताको अगुवाई गरिरहेको समाजमा पनि ‘भूतप्रेत’ छ । तर, उनीहरु ‘भूतप्रेत’बाट आतंकित हुने भन्दा पनि त्यसलाई बजारमा पेश गरेर आर्जन गरिरहेका छन् । फिल्मी बजारमा ।

हलिउडले जति तिलस्मी कथा भन्छ, त्यसमा ठूलो हिस्सा ‘प्रेतात्मा’को पनि छ । हलिउडले ‘हरर’ फिल्म बनाएर दुनियाँलाई तर्साइसकेको छ । यस्तो कर्ममा बलिउड पनि कम छैन । बलिउडमा त ‘हरर’ फिल्मको शृंखला नै बन्छ ।

हामीकहाँ भने यसको सिलसिला भर्खर सुरु भएको छ । यसमा जोडिन आइपुगेको छ, सुनकेशरी । शक्रबारदेखि  प्रदर्शनमा आएको फिल्मले हास्य जनरामा बगिरहेको ट्रेन्डको क्रमभंग गरेको छ । एकपछि अर्को कमेडी फिल्म पट्यारलाग्दो हुँदै गएको अवस्थामा ‘हरर’ फिल्म पक्कै पनि फरक स्वादको लाग्न सक्छ ।
हरर फिल्मको साझा विशेषता भनौं वा रोग, दर्के झरी, कालोनिलो आकाश, सुनसान घर, ऐना, गिद्द, हत्या (आत्महत्या), नाइट गाउन, स्विमिङ पुल आदि । अक्सर हरर फिल्ममा देखिने यी तत्वहरु सुनकेशरीमा नहुने कुरै भएन । यसमा चमेरा देखिदैन । बाँकी सबै कुरा देखिन्छ ।

फिल्मको कथा पनि हत्या वा कुनै रहस्यबाट सुरु हुन्छ । सुनकेशरीले ‘हत्या’को घटनाबाट कथा तन्काएको छ । पत्नी परपुरुषसँग अन्तरंग सम्बन्ध गाँसिरहेको देखेपछि पतिले पत्नीको हत्या गर्छन् । दुई बच्चाको पनि हत्या गर्छन् । र, आफूले गलपासो लगाउँछन् ।

बस्, यति भएपछि ‘प्रेतात्मा’ पैदा भइहाल्छ ।

यो प्रसंग अष्ट्रेलियाको कुनै भव्य घरभित्रको हो । १३ बर्षपछि त्यही घर कुनै नेपालीले खरिद गर्छ र होटल बनाउँछ । अब यो भूताह घरमा बस्न आइपुग्छिन्, सुनकेशरी (ऋचा शर्मा) । खासमा उनी ब्रेकअपको पीडा छल्ने बाहना खोज्दै त्यहाँ आइपुगेकी हुन्छिन् । संयोग पनि कस्तो जुर्छ भने, त्यही होटलमा हनिमुन मनाउन एक जोडी आइपुग्छन्, जो सुनकेशरीकी धोकेबाज प्रेमी हुन्छन् । अब कथा कता मोडिन्छ ? त्यसका लागि भने फिल्म हलमा १ घण्टा ३० मिनेट बिताउनुपर्छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2290414 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top