रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
अर्थ

नागरिक लगानी कोषले बचतकर्तालाई जलविद्युतको सेयर दिने



अर्थ   93 पटक पढिएको      २०७५ जेष्ठ १२ शनिवार  

विराटनगर जेठ १२ । नागरिक लगानी कोषले बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउनु पर्नेमा जाेड दिइएकाे छ। नागरिक लगानी कोष प्रदेश नं १ शाखा कार्यालय विराटनगरद्वारा शुक्रबार साँझ विराटनगरमा आयोजित अन्तक्र्रियामा वक्ताहरुले कोषद्वारा लगानी गरिएको जलविद्युत्को शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिए।

नागरिक लगानी कोषले बचतकर्तालाई जलविद्युतको सेयर दिने


सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बचतकर्तालाई संरक्षण गर्ने गरी नेपाल सरकारको नीतिअनुसार कोषमा जम्मा भएको रकम आर्थिक समृद्धि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकत्ता औंल्याए।

कोषका उप व्यवस्थापक रोशनजंग कार्कीले बचतकर्तालाई संरक्षण गरी आगामी दिनमा कोषको लगानी रहने जलविद्युत्को शेयर उपलब्ध गराउने नीति बनाउने बताए।

कोषका विराटनगर प्रमुख वसन्तकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोषका उप व्यवस्थापक नारायण घिमिरे, नेपाल राष्ट्र बैंकका उप निर्देशक नन्दकुमार ढकाल, नवराज गौतम, कर्मचारी सञ्चयकोषका शान्ता गौतम र रीता पाठकले कोषले प्रदान गर्ने सेवा र सुविधाका सम्बन्धमा जानकारी दिएका थिए।

विसं २०४७ चैतमा स्थापित कोषमा ६ लाख ५० हजार सेवाग्रहीका रु एब खर्ब तीन अर्ब ५८ करोड रकम सञ्चित रहेको छ। कोषले आगामी दिनमा सेवाग्राहीलाई थप सेवा सुविधा उपलब्ध गराउने बताइएको छ।

तीन वर्ष अगाडि खोलिएको प्रदेश नं १ अन्तर्गतको विराटनगर कार्यालयबाट यस क्षेत्रका साथै प्रदेश नं २ का पर्सा जिल्लासम्मका बचतकर्ताले समेत सेवा प्राप्त गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए।

कोषले आगामी दिनमा मुलुकको संघीय संरचनना अनूरुप सातै प्रदेशमा कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ। काठमाडौँ बाहेक पोखर र विराटनगरमा कार्यालयबाट बचतकर्ताले सेवा पाइरहेका छन्।

विराटनगरमा रहेको कार्यालयका ११ जना कर्मचारीवाट दैनिक १२५ जना बचतकर्ताले सेवा प्राप्त गरिरहेका छन्।

कोषको कार्यालय सेवाग्रही मैत्री र सूचना प्रविधि मैत्री हुनुपर्नेमा बचतकर्ताले जोड दिएका छन्। रासस










सम्बन्धित शिर्षक समाचारहरु

पर्यटन वर्ष २०२० को संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त, वैद्यको यस्तो छ योजना

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने, पासपोर्ट रोक्कालगायतका कारबाही अघि बढ्ने

दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजत खारेज गर्यो, नवीकरण नगर्दा खारेजीमा

एनआइसी एसियाको शाखा लेटाङमा, शाखा २६४ पुग्यो, २०० अर्बको वासलात

थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्यनजर गरी प्रभु बैंकको शाखा संचालनमा

पाँच वर्षमा १८ सय कम्पनी खारेज

रौतहट प्रहरी लाइ चुनौती - दिन दहाडै रकम लुटियो

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    11     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451412 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top