रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त     सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत   
राजनिति

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव



राजनिति   1 पटक पढिएको      २०७५ जेष्ठ ११ शुक्रवार  

काठमाडौँ जेठ ११ । राष्ट्रिय जनता पार्टी राजपाका सांसद महेन्द्र राय यादवले राजनीतिक समस्याको समधानविना मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन्।

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद यादवले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो रहेको बताएका छन्।

उनले नीति तथा कार्यक्रम सुन्दा लोकप्रिय र कर्णप्रिय लाग्नेभए पनि आधारहीन र महत्वकांक्षी रहेकोले सम्भव नहुने बताए।

‘सरकारले समृद्धिको कुरा गरेको छ, राजनीतिक समस्या समाधान नभई मुलुकको आर्थिक विकास सम्वृद्धि सम्भव छैन’, उनले भने, ‘सरकारले संविधानलाई सर्व स्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा सपना मात्र हुने उनको तर्क थियो।

नीति तथा कार्यक्रमले संघीय संरचनालाई आत्मसाथ नगरेको भन्दै उनले भने, ‘संघीयता भन्ने शब्न किन राखिएन? सभामुखलाई सम्माननीय किन लेखिएन? तराई मधेस भन्ने शब्द पनि राखिएको छैन, यसले पहिचानको समस्या सिर्जना गराउँछ।’भ

सरकारले राजनीतिक समस्या सम्बोधन नगरी लोकप्रिय सपना बांड्ने काम मात्रै गरेको उनले आरोप लगाए। उनले भने, ‘कम्युनिष्ठ पार्टी सपना बाँड्ने नै पार्टी हो । देशलाई सिंगापुर बनाउछु, जसको जोत उसको भोग भन्ने पनि कम्युनिष्ट नै हो, खै अहिले त्यो भएको?’

सरकारले जनताको तटबन्धको पैसा काटेको, तराई मधेस सम्वृद्ध सिंचाइ आयोजना काटेको दाबी गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण, वृक्षरोपण लगायतमा ठोस योजना ल्याउनुपर्नेमा जोड दिए।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2289054 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top