रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
देश

कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु



देश   4 पटक पढिएको      २०७५ जेष्ठ १० बिहीवार  

काठमाडौँ जेठ १० । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ।

कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु

 प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तह तीन तहमा कस्ता क्षमता भएका कर्मचारी आवश्यक पर्छ भनेर ‘सक्षमता निर्धारण अध्ययन’ शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद ढकालले जानकारी दिए।

प्रतिष्ठानले सातवटै प्रदेशका तीनदेखि चार जिल्ला छनोट गरी अध्ययन शुरु गरेको हो। ती जिल्लामा मोरङ, धनकुटा, बागलुङ, नवलपरासी, चितवन कास्की, दाङ, बाँके, जुम्ला, डोल्पालगायत छन्।

तीनै तहमा फरक फरक काम गर्ने भएकाले त्यसैअनुसारको प्रशिक्षण दिनका लागि प्रतिष्ठानले अध्ययन गर्न थालेको उनले बताए।

‘अहिले हामीले संघ, प्रदेश र केन्द्रका सबै कर्मचारीलाई एउटैखालको प्रशिक्षण दिने गरेका छौँ’, उनले भने, ‘तर अब संघीयतामा मुलुक गइसकेपछि तीनै तहका कर्मचारीलाई एउटैखालको प्रशिक्षण दिएर पुग्दैन। त्यसैले कामअनुसारको प्रशिक्षण दिनका लागि अध्ययन गर्न थालेका हौँ।’

अध्ययनका लागि एउटा जिल्लामा दुईजना विज्ञको समूह खटिसकेको छ। समूहले असारसम्ममा अध्ययन गरिसक्नेछ।

समूहले केन्द्रमा सरकारसँग, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगरप्रमुख, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी ती ठाउँमा कस्ता कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन गर्ने प्रतिष्ठानका शिक्षा निर्देशक त्रिलोचन पोखरेलले बताए।

‘समूहले अध्ययन गरिसकेपछि हामीले तीन तहमा कस्ता कर्मचारी आवश्यक हुन्छ भनेर थाहा हुन्छ’, उनले भने, ‘अनि अहिले भइरहेको प्रशिक्षण बदली तीनै तहमा फरक फरकखालका कर्मचारी प्रशिक्षण दिन्छौँ।’

समूहले स्थानीय जनतासमक्ष पनि कस्ता कर्मचारी आवश्यक पर्छ भनेर समेत अध्ययन गर्ने छन्। उनले अध्ययनबाट आएको सुझावका आधारमा तीनै तहका कर्मचारीलाई अलग अलग प्रशिक्षण दिने बताए।

प्रतिष्ठानले सेवा शुरु हुनुभन्दा अगाडि शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रशिक्षण दिने गरेको छ। रासस










सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507816 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top