रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित     क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो     अष्ट्रेलियाले बराबरी गोल फर्कायो     पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ     विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित   
राजनिति

कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?



राजनिति   18 पटक पढिएको      २०७५ जेष्ठ १० बिहीवार  

काठमाडौं जेठ १० । १९ महिनामा पछि प्रधानमन्त्री भएर पुनः सिंहदरबार फर्किएका केपी शर्मा ओलीले फागुन २७ गते संघीय संसदमा विश्वासको मत माग्ने क्रममा भनेका थिए, ‘देश बन्छ, ढुक्क भएर निदाउनुहोला।

कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?

गत फागुन ३ नेपालको इतिहासमै शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएका प्रधानमन्त्री ओलीको यही जेठ १२ गते एक सय दिन पूरा हुँदैछ। विकास, समृद्धि र सुशासनको नारा दिएर गठन भएको ओली सरकारले हनिमुन अवधिमा के गर्यो? यो विषय यतिबेला सर्वत्र चासोको विषय बनेको छ। याे टिप्णीकाे उद्देश्य नेकपा नेतृत्वकाे अाेली सरकारका सय दिनकाे काम र त्यसले गरेका संकेतकाे विश्लेषण गर्नु नै हाे।

शक्तिशाली हुने प्रयास

प्रधानमन्त्री पदमा नियुक्त भएकै दिन ओलीले सकारात्मक सन्देश दिन र जनताको समर्थन पाउनका लागि ६ वटा विषयमा निर्णय गरे। प्रत्येक स्थानीय तहमा न्युनतम एक उद्योगग्राम स्थापना, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रङ्गशाला निर्माण र प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय स्थापना गर्ने। राम्रा निर्णयकाे कमी नभएकाे देशमा याे अर्काे एउटा राम्राे निर्णय हाे। 

फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग जस्ता शक्तिशाली निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर प्रधानमन्त्रीले अाफूलाई झन् शक्तिशाली बनाए। यसबाट राष्ट्रिय 

ओलीले फागुन १४ गते पुनः मन्त्रिपरिषद् विस्तार गर्दै ईश्वर पोखरेललाई रक्षामन्त्री, युवराज खतिवडा अर्थमन्त्री, रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री र मातृका यादवलाई उद्योग तथा आपुर्ति मन्त्रीको जिम्मेवारी दिए । जहाँ गृहमन्त्रीको धेरै शक्ति पहिल्यै नै काटिएको थियो, तत्कालिन पार्टी एमालेमा आफ्नो विपक्ष गुटका नेतालाई रक्षा मन्त्रालयमा खुम्च्याइयो भने अर्को शक्तिशाली मन्त्रालयको रुपमा लिइने अर्थमन्त्रालयको जिम्मा प्रम ओली निकट अर्थविद् युवराज खतिवडालाई दिइयो।

त्यस्तै प्रधानमन्त्रीले फागुन २७ गते विश्वासको मत लिए। जहाँ ओलीको पक्षमा २०८ मत खस्यो भने विपक्षमा ६० मत खस्यो। उक्त मत नै उनलाई शक्तिशाली प्रधानमन्त्री बनाउन प्रयाप्त थियो। चैत्र २ गते मन्त्रिपरिषद् पुनस् विस्तार गर्दै ओलीले ११ मन्त्री र ४ राज्यमन्त्री थपेर २२ सदस्यीय मन्त्रीमण्डल बनाए। अर्को तर्फ राष्ट्रपति र उपराष्ट्रपतिमा विद्यादेवी भण्डारी र नन्दबहादुर पुनलाई पुनः दोहो-याइयो जसको कारण प्रधानमन्त्री झनै शक्तिशाली बन्न पुगे।

सधैँ विवादित रहने प्रहरी महानिरीक्षक नियुक्ति प्रम ओलीले शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सफल भए। २७ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त गरेको थियो।

त्यसपछि सरकारले सुन तस्करीमाथिको छानबिनमा देखाएको सक्रियतालाई सर्वसाधारणले सकारात्मक ठाने। यस छानबिनलाई पूर्णता दिएर आगामी दिन यस्तो कार्य बन्द गराउन तथा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाइ यस्तो अवैध कार्यमा लागेको पाइए कानूनी कारबाही भोग्नु पर्ने हुन्छ भन्ने सन्देश सुन प्रकरणको छानविन समितिमार्फत दिन सरकार सफल भयो।

मितव्ययी कार्यविधि र वैदेशिक भ्रमणलाई व्यवस्थापन गर्ने नीति, बैठक भत्ता निरुत्साहनको निर्देशन, नेपाली श्रमिकका लागि वैदेशिक कामदारका लागि कामको मागपत्रमा सम्बन्धित देशस्थित नेपाली नियोगले जाँचबुझ सम्बन्धी निर्देशिकाको जारी र विद्यालय भर्ना अभियानलाई देशव्यापी बनाउने निर्णयजस्ता सुधारात्मक काम यो सरकारबाट भएको छ। जसलाई सबै जनताले स्वागत गरेका छन्।

यसबीचमा यातायात क्षेत्रमा रहेको एकाधिकार (सिन्डिकेट) तोडेर सरकारले अन्य क्षेत्रमा पनि एकाधिकार अन्त्य गर्ने सन्देश दिएको छ। निश्चित यातायात समितिको हालिमुहालीमा सर्वसाधारण यात्रुले भोग्नुपरेको सास्ती र हैरानीको अब अन्त्य हुने भएको छ। गृह मन्त्रालयले यस अभियानका लागि देखाएको सक्रियताको सर्वसाधारणबाट सहना भएको छ र ओली सरकारलाई झन् शक्ति प्रदान गरेको छ।

निर्वाचनमा स्थायित्व, समृद्धि र सुशासनका लागि गरेको प्रतिवद्धतालाई विश्वास गरी जनताले बहुमत दिएपछि तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले गठबन्धनको सरकार गठन भयो र जेठ ३ बाट उक्त गठबन्धन नेपाल कम्युनिष्ट पार्टीको रुपमा एउटै राजनीतिक दल भएको छ त्यसले प्रम ओलीलाई झन् शक्तिशाली बनाइदिएको छ।

ओली सरकारका मन्त्रीहरुमध्ये तुलनात्मक रुपमा गृहमन्त्री रामबहादुर थापाले सयदिनको अवधिका केही काम गर्न सफल भएका छन्। ०६६ सालमा रक्षामन्त्री भइसकेका थापाको पहिलो कार्यकाल त्यति राम्रो नभएपनि अघिल्लो कार्यकालको तुलनामा बर्तमान कार्यकालको एक सय दिनको अवधिमा राम्रो काम गरेको देखियो। सय दिनको अवधिमा कतिपय कुरामा उनी चुकेका पनि छन्। काठमाडौंको ट्राफिक केही समयमै अन्त्य हुने भनेपनि त्यो काम उनले पुरा गर्न सकेनन्। तर, सुन तस्करी काण्डमा निष्पक्ष अनुसन्धान र त्यसको उपलब्धिका साथै यातायातमा सिन्डिकेट अन्त्य हुनुको श्रेय भने मन्त्री बादललाई नै जान्छ।

उद्योगमन्त्री मातृका यादव, श्रममन्त्री गोकर्ण विष्ट लगायतका अन्य मन्त्रीलाई जुन हिसाबमा केही गरेर चर्चा कमाउन सक्ने मन्त्रीका रुपमा हेरिएको थियो तर, उनीहरुले हनिमुन पिरियडमा यो आशालाई यथार्थमा परिणत गर्न सकेनन्।

व्यवस्थापिका संसद विकास समिति सभापतिको रुपमा चर्चा बटुलेका पर्यटनमन्त्री रविन्द्र अधिकारीको बोली पनि बोलीमै सिमित रह्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कुर्सी फेर्ने लगायतका काम गर्न भने मन्त्री अधिकारी सफल रहे। उनले एक सय दिनभित्र गरेर सकिने कामको पनि लामो सूची निकाले तर त्यसको ५० प्रतिशत पनि काम गर्न सकेनन्। मन्त्री अधिकारीले नेपाल वायु सेवाका थन्किएका जहाज केही दिनमै उडाउने अभिव्यक्ति पनि दिए। तर, त्यो कुरा अभिव्यक्तिमै सिमित भयो।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत देखि चीनसम्मको भ्रमण गरेर एक सय दिनको अवधिमा छिमेकी राष्ट्रसँगको सम्बन्ध विस्तारमा लागेकाले उनको हनिमुन अवधि सामान्यतया सन्तोषजनक नै रह्यो। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयले राम्रो नेतृत्व र समन्वय गर्न नसकेको भनेर मन्त्री ज्ञवालीको आलोचना समेत भयो।

यही अवधिमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा केही आशा जगाएको छ ।

कुटनीतिमा सफलता
ओली सरकारले भारत र चीनसँगको सन्तुलित सम्बन्ध कायम गरी दुबै देशलाई नेपालको आवश्यकता र प्राथमिकताका आधारमा सहयोगका लागि ध्यान केन्द्रीत गराएको देखिन्छ। आफ्नै अघिल्लो कार्यकालमा बिग्रिएको नेपाल–भारतबीचको कुटनीतिक सम्बन्धलाई दोस्रो कार्यकालमा प्रम ओलीले नयाँ आयाम दिएका छन्।

चैत २३ देखि २५ गतेसम्म भारतको भ्रमण गर्दै भारतसँगको सम्बन्धमा नयाँ आयाम थपे भने आफू चीन भ्रमणमा जानुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर सम्बन्धलाई अझैं मजबुत बनाए। २८ र २९ गतेको नेपालको राजकीय भ्रमणले आपसी सम्बन्धलाई थप मजबुत बनाएको अनुभव गरिएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा रेलमार्ग, कृषिको आधुनिकीकरण, जलमार्ग विकास लगायतका विषयमा नयाँ सहमति भए भने वीरगञ्जमा एकीकृत सुरक्षा जाँच चौकी सञ्चालनमा आयो। मोदीको नेपाल भ्रमणका अवसरमा जारी संयुक्त वक्तव्यमा दुई देशबीचमा रहेका समस्या र थाँती विषयलाई आगामी असोज ३ गतेसम्म टुङ्गो लगाउने समयसीमा सार्वजनिक भएको छ। मोदीको नेपाल भ्रमणका बेला अरुण तेस्रो परियोजनाको शिलान्यास हुनुले अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको इच्छाशक्तिलाई दर्शाउँछ।

यस्तै, ओली सरकारको सय दिनको अवधि भित्रै भारतले विराटनगरमा रहेको फिल्ड अफिस हटाएको छ। त्यो पनि ओलीको कुटनीतिक सफलता मानिन्छ।

प्रधानमन्त्री ओली चाँडै अर्को छिमेकी मुलुक चीन जाने र आफ्नो अघिल्लो सरकारको पालामा गरिएका यातायात र पारवहन सम्झौताहरुको कार्यान्वयनलाई प्राथमिकता दिने तयारीमा छन्। यसअघि प्रम ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई चीन भ्रमणमा पठाएर चीन र भारत दुबै देशसँगको सम्बन्धलाई पुर्नस्थापना गरिसकेका छन्।

मधेश केन्द्रित दलसँग चिसिंदो सम्बन्ध
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा भएको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिब्यक्ति प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए। मुख्यमन्त्री राउतको अभिब्यक्ति विवादित मात्रै बनेन, संघीय सरकार र प्रदेश सरकारबीच सम्बन्ध बिगार्ने कारक समेत बन्न पुग्यो। अझ यही कारणले गर्दा सरकार र मधेशवादी दलहरु टाढिएका छन्। हालै सरकारले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमण गर्न रोक लगाएपछि त सरकारसँग मधेशवादी दलहरुको दुरी झनै टाढिएको छ।

हनिमुनपछि सहज कि असहज?

सय दिनको अवधि अर्थात हनिमुन अवधिलाई प्रतिपक्ष होस् या सत्तापक्ष सबै मिलेर नयाँ सरकारलाई सहयोग पु-याउने समय मानिन्छ। हनिमुन अवधिमा कुनैपनि पक्षले सरकारलाई जानिजानि अफ्ठ्यारो पार्न खोजेमा त्यो लोकतान्त्रिक पद्धती विपरित मानिन्छ।

त्यसैकारण ओली सरकारलाई असहयोग गर्ने मनोभाव बनाएका कतिपय दलहरु पनि हनिमुन अवधि पछाडिको समय पर्खेर बसेका छन्।

ओलीको अघिल्लो कार्यकालमा मधेश केन्द्रित दलहरु र सरकारबीच भएको निर्णायक वार्तामा मधेश केन्द्रित दलहरु आफ्ना चार मुद्दाहरु नागरिकता, भाषा, सीमाङ्कन र राष्ट्रिय सभालाई केन्द्रमा राखेर संविधान संशोधन गर्ने सहमति भएपनि पछि ओलीबाटै धोका पाएको गुनासो गर्दै आएका छन्।

यसपटक पनि प्रम ओलीले मधेश केन्द्रित दलहरुलाई लिखित हस्ताक्षर नगरिकनै सरकारमा आउन आग्रह गरेका थिए। उनीहरुले लिखित हस्ताक्षरको अडानबाट पछाडि हटेनन्। तर, प्रम ओलीको आग्रहमा राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई मतदान गर्नुका साथै सरकारको समर्थनमा मतदान समेत गरेका छन्।

ओली सरकारले भने संविधान संशोधनमा लिखित हस्ताक्षर र मधेश केन्द्रित दलका मुद्धा सम्बोधन गर्न आनाकानी गरिरहेको छ। पछिल्लो समय मधेश केन्द्रित दल राजपा र संघीय समाजवादी फोरम ओलीसँग चिढिएका छन्। राजपाले त सरकारको हनिमुन पिरियडपछि पुनः मधेश आन्दोलनको थालनी गर्ने समेत चेतावनी दिएका छन्।

विकास र समृद्धिको नारा दिएर गठन भएको नेकपाको शक्तिशाली सरकारका सय दिनले केही आशा जगाएको छ। तर, जनताले अपेक्षा गरेजस्तो सरकारले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयमा सुधारात्कम काम गर्न भने सकेको छैन।










सम्बन्धित शिर्षक समाचारहरु

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक

मालपोत कार्यालयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ

आफ्नै कार्य सञ्चालन विधि पारित गर्दै राष्ट्रियसभा

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!

असार ३० भित्र महाधिबेशन गर्न राजपालाई आयोगको निर्देशन

महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल

  • वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

    काठमाडौं/४ ,असार/ वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर
    समाज
    36    
  • पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

    काठमाडौं/४, असार/ विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी मेक्सिकोसँग
    खेलकुद
    38    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1951     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1610    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2223836 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top