रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित     क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो     अष्ट्रेलियाले बराबरी गोल फर्कायो     पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ     विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित   
राजनिति

पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड



राजनिति   1 पटक पढिएको      २०७५ जेष्ठ १० बिहीवार  

काठमाडौँ जेठ १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताएका छन्।

पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड

 नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औँ स्थापना दिवस समारोहलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो। सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ। लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररुपमा पाँचवर्षसम्म यो सरकार टिक्छ। यसमा ढुक्क रहन म आग्रह गर्छु।’

अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मत दिएको र यसलाई खेर जान नदिने बताए।

‘बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्’, उनले भने, ‘अब यस्तो अवस्थाको अन्त्य हुन्छ, सरकारले पाँचवर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्।’ उनले सरकार अब खरो रुपमा आर्थिक समृद्धि र विकासमा उत्रिने दावी समेत गरे।

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी पाँचवर्षको मार्गचित्र कोरेको स्पष्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिए।

उनले सत्ता प्राप्तिभन्दा राजनीतिक स्थायित्वलाई बलियो बनाउन दुई कम्युनिष्ट पार्टीका बीचमा एकता भएको र यो एकतालाई अब कुनै शक्तिले भाँजो हालेर टुक्र्याउन नसक्ने बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत कम्युनिष्ट एकताबाट राजनीतिक स्थिरता र विकास आउने विश्वास बुधबार बालुवाटारमा भएको बैठकमा व्यक्त गरेको स्मरण गराउँदै उनले सबै मिलेर अब आर्थिक विकासमा लाग्नुपर्ने विचार व्यक्त गरे।

‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रले मात्र देशलाई समृद्धितर्फ डो¥याउँछ, यसका लागि हामीलाई विदेशी लगानी, सीप र प्रविधि पनि चाहिन्छ,’ उनले भने।

पार्टी महासचिव विष्णु पौडेलले अब मुलुकमा स्थायित्व र विकास आउने बताए।

कार्यक्रममा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले आगामी बजेटले भौतिक पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। रासस










सम्बन्धित शिर्षक समाचारहरु

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक

मालपोत कार्यालयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ

आफ्नै कार्य सञ्चालन विधि पारित गर्दै राष्ट्रियसभा

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!

असार ३० भित्र महाधिबेशन गर्न राजपालाई आयोगको निर्देशन

महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल

  • वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

    काठमाडौं/४ ,असार/ वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर
    समाज
    36    
  • पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

    काठमाडौं/४, असार/ विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी मेक्सिकोसँग
    खेलकुद
    38    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1951     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1610    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2223835 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top