रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
स्वास्थ्य

दैनिक एउटा अण्डा खानुस्, मुटुरोगबाट बच्नुस्



स्वास्थ्य   2 पटक पढिएको      २०७५ जेष्ठ ०९ बुधवार  

जेठ ८ दैनिक एउटा अण्डा खाने व्यक्तिमा मुटुरोगको जोखिम कम हुने एक नयाँ अध्ययनले पुष्टि गरेको छ। चीनमा ४ लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनपछि यो निष्कर्ष निकालिएको हो।

दैनिक एउटा अण्डा खानुस्, मुटुरोगबाट बच्नुस्

पेकिङ युनिभर्सिटी हेल्थ साइन्स सेन्टरले ४ लाख १६ हजार २१३ व्यक्तिको तथ्यांकलाई ९ वर्षसम्म अध्ययन गरेको थियो।

अध्ययनको सुरुमा १३.१ प्रतिशतले दैनिक अण्डा खाने गरेको बताएका थिए भने ९.१ प्रतिशतले अण्डा नखाने वा विरलै खाने गरेको बताएका थिए।

अध्ययनपछि दैनिक एउटा अण्डा खानेमा नखानेहरुको तुलनामा स्ट्रोकको जोखिम २६ प्रतिशतले कम देखिएको छ भने मुटुरोगको जोखिम १८ प्रतिशतले कम भएको पाइएको छ।

अनुसन्धानकर्ताहरुले हार्ट नामक जर्नलमा दैनिक एउटासम्म अण्डा खानु र मुटुरोगबीच सम्बन्ध रहेको लेखेका छन्।

आजभोलि स्वस्थ खानाको रुपमा अण्डा सेवन गर्न चिकित्सकहरु सल्लाह दिन्छन्। अण्डा प्राकृतिक रुपमा पाइने अत्यन्त पौष्टिक खाद्यपदार्थमध्ये एक हो। यसमा उच्च मात्रामा प्रोटिन, भिटामिन ए, डी, बी र बी १२ हुनेगर्छ।

त्यसैले दैनिक बढी अण्डा सेवन गर्नका लागि हिच्किचाउनुपर्ने अवस्था नरहेको चिकित्सकहरुले बताएका छन्। यद्यपि प्रोटिन धेरै सेवन गरिरहेकाहरुलाई धेरै ओटा अण्डा खाँदा मिर्गौलामा असर गर्न सक्ने चेताइएको छ।

पहिले अण्डामा कोलेस्ट्रोल हुने हुनाले कम सेवन गर्न सल्लाह दिइन्थ्यो। यद्यपि पछिल्ला अध्ययनहरुबाट अण्डामा पाइने कोलेस्ट्रोल होइन, संतृप्त चिल्लोका कारण चाहिँ समस्या निम्तिने पुष्टि भइसकेको छ। एजेन्सी










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598335 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top