रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्



राजनिति   27 पटक पढिएको   काठमाडौँ संवाददाता   २०७५ जेष्ठ ०७ सोमबार  

काठमाडौँ जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने बताएका छन्।

गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्

सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएका नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलाई गृहमन्त्रीले विगतका कमजोरीलाई सच्याउन आग्रह गरे। ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस’, उनले भने, ‘यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन।’

निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि गृहमन्त्री थापाले अब त्यस्तो रकम नदिन व्यवसायीलाई निर्देशन दिए।
उनले भने, ‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस् उनीहरुलाई तत्कालै जेल हाल्छौं।’

मन्त्री थापाले कुनै कर्मचारीले नियतबस फाईल अड्काएर राखेको थाहा भएमा कारबाही गरिने स्पष्ट पारे।

यसअघि मन्त्री, कर्मचारी देखि ठेकेदारसम्मको मिलेमतोमा यस्तो कमजोरीको हुने गरेको गुनासो आएको भन्दै अब त्यस्तो कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

उनले बिभिन्न नाममा चन्दाको लागि माग आउँदैमा खुरुखुरु चन्दा नदिन व्यवसायीलाई आग्रह गर्दै चन्दा माग्नेहरुको विवरण गृहलाई जानकारी गराउन आग्रह गरे। उनले व्यववसायीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत दोहो¥याए।

मन्त्री थापाले खरिद ऐनका कारण समेत निर्माण कार्यमा ढिलासुस्ती हुने गुनासो आएको भन्दै आवश्यकता अनुसार ऐन संसोधन गरिने समेत स्पष्ट पारे।

विकास निर्माण कमसल हुने गरेको भन्दै गृहमन्त्रीले व्यवसायीलाई भने, ‘सबैको मिलेमतोमा सिमेन्ट र बालुवा १÷३ भाग मिलाउनुपर्ने ठाउँमा १/१० भागसम्म मिलाएको भन्ने सुन्न्छि, अब त्यस्ता काम तत्काल बन्द गर्नुहोस्।’

प्रतिनिधमण्डलले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएकोमा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामाग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेको भन्दै हटाउने ध्यानाकर्षण गराएका थिए।

आवश्यकता अनुसार बालुवा, गिटी नपाईने, फलामै डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारण आफूहरुले भने अनुसार काम गर्न नसकिरहेको गुनासो निर्माण व्यवसायीहरुले गृहमन्त्रीसँग राखेका थिए।

उनीहरुले गृहमन्त्रालयले ठेकेदारहरुलाई पक्राउ गर्न तयारी गरेको भनि आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै सो कार्य नगर्न गृहमन्त्रीसँग आग्रह गरेका थिए।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    35    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2367273 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top