रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा



राजनिति   48 पटक पढिएको      २०७५ जेष्ठ ०६ आइतवार  

काठमाडौँ ६ जेठ नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा दुवै पूर्व पार्टीहरुले केन्द्रीय सदस्यको नाम टुंगो लगाउने क्रम अन्तिम चरणमा पुगेको छ।

केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा



तत्कालीन माओवादीले केन्द्रीय सदस्यका लागि पूर्व सचिवालय सदस्यहरुको नाम टुंग्याइसकेको छ भने अन्य केन्द्रीय सदस्यहरुको नाममा छलफल चलाइरहेको छ।

पूर्व एमालेले समूहले भने केही केन्द्रीय सदस्यहरु हेरफेर गर्ने भएको छ भने केहीलाई थप्ने भएको छ। २०० सदस्य रहेको पूर्वएमालेको केन्द्रीय कमिटिमा ४१ जना थपिने भएपछि एमालेलाई नाम टुंग्याउन सजिलो बनेको छ।

तत्कलीन एमालेले भने थपिने केन्द्रीय सदस्यहरुमा युवाहरुलाई प्राथमिकता दिएको एक नेताले नेपालखबरलाई बताए। उनका अनुसार पार्टीमा पहिला योगदान गरेका केही नेतालाई ससम्मान केन्द्रीय समितिबाट बिदाइ गर्ने र युवाहरुलाई भूमिका दिने गरी तयारी भैरहेको छ। उनले विदाइ हुने नेताहरुका बारेमा भने केही बताएनन्।

पूर्व एमालेले केन्द्रीय सदस्य छान्ने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको थियो। दुई नेताको सहमतिमा नै केन्द्रीय सदस्यको छनौट भइरहेको भन्दै उनले अबको आन्दोलन र पार्टीलाई हाक्न सक्ने युवा नेताहरुलाई केन्द्रीय सदस्यमा थपिएको बताए।

यसअघि केन्द्रीय सदस्य नरहेका र सरकामा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा र सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई पनि एमालेका तर्फबाट केन्द्रीय थपिएको छ भने युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, अर्थमन्त्री कैलाश ढुंगेल, भरतपुर महानगरमा मेयरमा पराजित देवी ज्ञवाली, केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजाल, पूर्वमन्त्री खगराज अधिकारी र आनन्द पोखरेल लगायतका नेताहरुलाई केन्द्रीय समतिमा थप्ने भएको छ।

त्यसैगरी एमालेका तर्फबाट नेकपा माले बाट एमालेमा आएका पुण्य गौतम, जानमोर्चाबाट आएका साध्यबहादुर भण्डारीलाई पनि केन्द्रीय सदस्यमा रखिएको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486598 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top