रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित     क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो     अष्ट्रेलियाले बराबरी गोल फर्कायो     पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ     विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित   
समाज

मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा



समाज   272 पटक पढिएको   रौतहट संवाददाता   २०७५ जेष्ठ ०४ शुक्रवार  

रौतहट, ४ जेठ । आज भन्दा करिब ५० वर्ष अगाडी भएको बाग्मती नदीको कटानी पछि दैविक प्रकोप उद्धार समिति रौतहटले उपलब्ध गराएको जग्गामा बसोवास गर्दै आएके मत्सरीवासी अहिले सम्म लालपुर्जा विहिन छन् ।

मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा

घर भएको जग्गाको लाल पुर्जा उपलब्ध गराई दिन मत्सरीवासीले सम्बन्धित निकाय संग मांग गरेका छन् । रौतहटको दुर्गाभगवति गाँउपालिका वडा नम्बर ३ मत्सरीमा बाग्मती नदीको कटानी पछि दैविक प्रकोप उद्धार समिति रौतहटले उपलब्ध गराएको जग्गामा अहिले ठुलठुला घरहरु बने पनि घर भएको जग्गाका कुनै मोल न रहेको एक जना स्थानियले बताए  ।

जग्गा उपलब्ध गराएको वर्षौ बितिसक्दा पनि जग्गाको लालपुर्जा सम्बन्धमा सम्बन्धित निकायले कुनै चासो न लिएकोले मत्सरीवासीलाई ठुलो समस्या पर्दै आएको छ ।

लालपुर्जा विनाको जग्गामा पक्की घरहरु बने पनि त्यो जग्गाको कुनै मोल नै छैनर । जग्गा बैंकमा धितो राखेर ऋण लिने र आफ्नो छोरा छोरीलाई पढाउने जस्ता कामको सपना बुन्नेका घर धनीहरुलाई जग्गाको लालपुर्जा न भएको कारण बैंकबाट ऋण लिनमा पनि समस्या हुदै आएको एक जना अर्को स्थानियको भनाई रहेको छ ।

तत्काल विपद परेको वेलामा दैविक प्रकोप उद्धार समिति र रेडक्रस नेपालले बसोवास गर्नको लागि उपलब्ध गराएको जग्गाको लालपुर्जा  ५०औँ वर्ष वितिसक्दा पनि घरधनीले न पाउनु दुखद भएको दुर्गाभगवति गाँउपालिका वडा नम्बर ३ मत्सरीको वडाध्यक्ष धम्रेन्द्र कुमार झाले प्रतिक्रिया दिए । साथै अहिले वर्षै वित्दा पनि लालपुर्जा न पाएको मत्सरीवासीलाई छिटो भन्दा छिटो लालपुर्जा उपलब्ध गाराई दिनको लागि प्रमुख जिल्ला अधिकारीसंग वडाध्यक्ष डि के झाले जोडदार मांग समेत गरे ।

घर भए पनि लालपुर्जा विहिन मत्सरीवासीको समस्याको वारे प्रजिअ गोविन्द प्रसाद रिजालसंग कुरा गर्दा, अहिले सम्म लालपुर्जा न पाउनु दुखद भएको भन्दै यस सम्बन्धि फाईलहरु हेरेर प्रक्रिया अगाडी बढाउने र सिफरिस गर्ने बताए ।

 दैविक प्रकोप उद्धार समिति रौतहटले उपलब्ध गराएको जग्गामा बसोवास गर्दै आएको मत्सरीवासीलाई  एक पछि एक प्रकोपले सताएको भन्दै स्थानियहरुले अगाडी थपे, ५० औँ वर्ष वित्दा लालपुर्जा पाएनौ,विगत साउनमा आएको बाढीबाट भएको क्षतिपुर्ती पाएनौ त्यस पछि आएको विनासकारी असिनाले दिएको घाउ निको हुनु भन्दा पहिला नै फेरी हवाहुरीबाट भएको क्षति हामी पाएका छैनौ । साथै जिल्लामा नयाँ आउनु भएका प्रजिअ सरले हामीहरुको लागि केहि न केहि आवश्य गर्नु हुन्छ भने हामीले विश्वास लिएका छौ ।

एक त दैविक प्रकोप उद्धार समितिको जग्गामा बसोवास गर्दै आएको मत्सरीवासी त्यस माथि पनि महाविनाशकारी बाढी, विनाशकारी असिना र केहि दिन अगाडी आएको विनाशकारी हावाहुरीले रौतहटको मत्सरीवासीलाई झन समस्या उब्जाएको छ । महाविनाशकारी बाढी आएको एक वर्ष वित्न लागे पनि अहिले सम्म मत्सरीवासीले क्षतिपुर्ति पाउन सकेको छैन् ।

एक माथि एक विपद खेपिरहेका रौतहटका दुर्गाभगवति गाँउपालिकामा रहेको पाँच वटा वडा मध्ये वडा नम्बर तिन मत्सरीले सबै भन्दा बढी क्षति व्यहोर्नु परेको छ । पहिला विनाशकारी बाढी,त्यस पछि असिना र केहि दिन अगाडी आएको हवाहुरीले मत्सरीका अधिकांस घरमा क्षति पु¥याएको थियो ।

एउटा घाउ निको न हुदा अर्को घाउ थपिदा मत्सरीवासी माथि ठुलै आफद आएको देखिएको छ । दिन प्रति दिन घाउ थपिदै जादा पनि सम्बन्धित निकायले घाउमा मलहम लगाउने काम चाडै गर्नु पर्ने आवश्यकता रोको देखिएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

    काठमाडौं/४ ,असार/ वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर
    समाज
    36    
  • पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

    काठमाडौं/४, असार/ विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी मेक्सिकोसँग
    खेलकुद
    38    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1951     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1610    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2223846 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top