रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली



राजनिति   2 पटक पढिएको      २०७५ जेष्ठ ०४ शुक्रवार  

काठमाडौं जेठ ४ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएकोमा देशका विभिन्न ठाउँमा दीपावली गरी खुसीयाली मनाइएका छन्।

पार्टी एकीकरणको खुसियालीमा देशका विभिन्न स्थानमा दीपावली

पाल्पामा दुवै पार्टीका नेता कार्यकर्ता एवं शुभचिन्तकले रामपुरको बेझाँड बजारमा बिहीबार साँझ दीपावली गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी गठन भएको घोषणापछि रामपुरमा पार्टी एकीकरणको खुशियालीमा बेझाँड बजार चोक र बेझाँडमा रहेको एमाले तथा माओवादी केन्द्रको पार्टी कार्यालय र मदन—आश्रित प्रतिष्ठान स्मृति भवनमा सामूहिक दीपावली गरिएका हुन्।

बेझाँड बजार चोकमा कोणसभासहित भएको दीपावलीमा पाल्पा क्षेत्र नं १ प्रदेश क प्रदेशसभा सदस्य युवराज खनालले पार्टी एकता कम्युनिष्ट पार्टी एक हुनु राष्ट्र र समृद्धिका लागि राम्रो भएको बताए। पार्टी एकताले मुलुकमा राजनीतिक स्थायित्व ल्याउनेमा आफू ढुक्क भएको विश्वास उनले व्यक्त गरे।

दीपावली कोणसभामा कम्युनिस्ट नेता जनकराज ढकालले पार्टी एकताले राष्ट्रवादी र नेता कार्यकर्तामा उत्साह थपेको बताउँदै एकतालाई बलियो बनाउन सानातिना कुरामा अलमलिन नहुने विचार राखे।

यस्तै म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार राति दीप प्रज्वलन गरी पार्टी एकताको स्वागत गरिएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेको केही घण्टामै बेनीको क्याम्पस चोकमा नेकपाका जिल्ला नेताले स्वागत गरे। एकताबाट नयाँ ऊर्जा थपिएको उनीहरूले बताए।

एकताको खुसियालीमा बेनीबजारमा नेकपा समर्थितले घरघरमा दीपावलीसमेत गरेका छन्।

यसैगरी पार्टी एकताको खुसियालीमा बिहीबार राति अबेरसम्म कञ्चनपुरमा विघटित दुवै पार्टीका नेता तथा कार्यकर्ताले आतिसबाजी र दीप प्रज्वलन गरी खुसी साटासाट गरेका छन्।

जिल्लाका बेलौरी, झलारी, पुनर्वास र महेन्द्रनगर बजार क्षेत्रमा दुवै विघटित पार्टीका नेता कार्यकर्ताले सडकमै कम्युनिस्ट पार्टीको झण्डा बनाइ दीपप्रज्वलन गरेका हुन्।

अबीर दलेर एक अर्कामा खुसियाली साटासाट गरिएको विघटित एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जानकारी दिए।

देशकै इतिहासमा ठूलो पार्टीका रूपमा आएका छौं, उनले भने, ‘देश समृद्धि र विकासको बाटोमा अगाडि बढ्ने अवसर आएको छ।’ अर्का नेता टेकबहादुर हमालले भने, ‘देशमै पहिलोपटक दुई ठूला पार्टीबीच एकता भएकाले जनताले ठूलो आशा गरेका छन् अब त्यो पूरा हुन्छ।’

विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद चौधरीले दशवर्षे जनयुद्धले प्राप्त गरेको उपलब्धि र जननेता मदन भण्डारीको सपनालाई एकसाथ जोडेर देश बनाउन अगाडि बढ्ने अवसर प्राप्त भएको बताए।रासस

महेन्द्रनगर बजार क्षेत्रमा पार्टी एकीकरण भएको उपलक्ष्यमा आयोजित दीप प्रज्वलनमा सहभागी भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले दुई ठूला पार्टीको आपसी एकताले देशलाई नयाँ उचाइमा पु¥याएको धारणा राखे।

बिहीबार राति अबेरसम्म दुवै विघटित पार्टीका नेता तथा कार्यकर्ताले संयुक्तरुपमा दीप प्रज्वलन र आतिशबाजी गर्दा ठूलो संख्यामा सर्वसाधारणले समेत उक्त कार्यक्रममा सहभागिता जनाएका थिए।  नेपालखबर









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486630 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top