रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
मनोरञ्जन

बबी देवलको सर्ट खोल्ने प्रयास



मनोरञ्जन   9 पटक पढिएको   बलिवुड संवाददाता   २०७५ जेष्ठ ०३ बिहीवार  

जेठ ३ । बलिउड हिरो बबी देवल लामो समयदेखि कामबिहिन थिए । फिल्म पाउन छोडेपछि लगभग इन्डष्ट्रीबाटै पलायन हुन लागेका उनलाई एक दिन सलमान खानको फोन आयो । ‘भाईसाब सर्ट खोल्ने हो ?’ सलमानले सोधे. ।

बबी देवलको सर्ट खोल्ने प्रयास

बबीले सुरुमा त कुरा बुझेनन् । अनि सोधे, ‘किन खोल्नु ?’ त्यसपछि सलमानले बुझाए । उनी आफ्नो फिल्ममा एउटा रोलको अफर गरिरहेका थियो, जसमा सर्टलेस हुनुपर्ने थियो । बबीलाई के खोज्छस कानो आँखो भइहाल्यो ।

उनले जवाफ दिए, ‘जे खोल्न पनि तयार छु ।’ अनि सलमानले बबीलाई आफ्नो फिल्ममा लिए, जुन उनका लागि ठूलो चिठ्ठा परेसरह थियो । बबीले यो फिल्मको लागि निकै मिहिनेत गरेका छन्, तर, अभिनयमा होइन ज्यान बनाउन । फिल्मको ट्रेलर बाहिर आइसकेको छ, जसमा सलमान र बबीको सर्टलेस सिन पनि छ । सलमानको भन्दा बबीको शरीर कम सुगठित देखिएको छैन ।

त्यसो त रेस ३ को ट्रेलरले खासै प्रशंसा कमाउन सकिरहेको छैन । यो फिल्ममा नयाँपनि केही नभएको भनेर कमेन्टहरु आइरहेका छन् । तर, सलमानका फ्यानहरुलाई नयाँपन किन चाहियो, उनीहरुलाई त सलमान भए पुगिहाल्यो नी ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183131 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top