रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
स्वास्थ्य

रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार



स्वास्थ्य   16 पटक पढिएको   डा. ललित कुमार मिश्र   २०७५ जेष्ठ ०३ बिहीवार  

जब तपाई आफ्नो उपचारको लागि कुनै होमियोप्याथिक चिकित्सक कहाँ पुग्नु हुन्छ, डाक्टरले तपाईले भनेका शारीरिक एवं मानसिक समस्यालाई टिपोट गर्दछ ।

रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार

 यस बाहेक तपाईको भोक- प्यास, जाडो, गर्मी, ईच्छा-अनिच्छा, रीसराग, द्वेष, स्वभाव, पेशा, सामाजिक अवस्था, निद्रा एवं राती सुत्दा देखिने सपनाको बारेमा पनि सोध्नेछ । रोगीलाई बडो आश्चर्य लाग्दछ । उसले भन्न सक्छ, डाक्टर सा'ब मेरो रोगसँग मैले देख्ने सपनको के सम्बन्ध छ?
होमियोप्याथी चिकित्सा पद्दतिमा रोगको निदान गर्ने प्रकृया अन्य चिकित्सा प्रणालीबाट अलिक भिन्न छ । यसमा बिरामीलाई समष्टीगत रुपमा ध्यान राखेर नै कुनै पनि रोगको निदान गरिन्छ । जसमा शारीरिक अगं-प्रत्यांगको अलावा रोगीको मनोविकारका करणमा निहित भावना तथा उद्वेगको पनि समावेश हुन्छ । हाम्रो जीवन तीन भागमा विभक्त छ, जाग्रत, सपना र सुषुप्ती अवस्था । यि तीनै अवस्थाको होमियोप्याथिक चिकित्सा विज्ञानमा महत्वपुर्ण स्थान छ ।

जीवनको आधाभाग हाम्रो निद्रामा नै ब्यतित हुन्छ । यदी एउटा व्यक्ति साठी वर्षसम्म बाँच्दछ भने पन्द्र वर्षको समय उसको सुत्नैमा बित्दछ । जाग्रत अवस्थामा ब्यक्तिको कतिपय कामनाहरु पुरा हुँदैनन् । त्यसलाई उसले सपनामा पुरा गर्दछ । सपनामा व्यक्ति कसरी बाँच्दछ? कुन किसिमको सपना देख्छ । सपनाप्रति उसको बिचार कस्तो छ । ब्यक्ति (रोगी) को उपचारमा मानव जीवनको यस महत्वपुर्ण भागलाई उपेक्षा कसरी गर्न सकिन्छ? सपनाले हाम्रो अन्तर्मनको ढोकालाई खोल्दछ । व्यक्तिले अभिव्यक्त गर्न नसकेका कुराहरु अथवा लक्षणहरु , उसले सपनाको माध्यमले व्यक्त गरिरहेको हुन्छ ।

हुन त प्रत्येक व्यक्तिले सपना देख्दछ । कोहि सुतेको बेला देख्छ भने कोहि दिउँसै पनि सपना देख्छन् । सपनाको एउटा रहस्यमय संसार छ । यसबारे बिभिन्न बिद्वानहरुले आ-आफ्नो ढगंबाट छुट्टाछुटै ब्याख्या गरेका छन् । यसको एउटै बिशेषता छ, त्यो के हो भने, सपना देख्नेले नै यसको अनुभव गर्दछ । तपाई सपना कसैसगं मिलेर हेर्न सक्नु हुन्न । यसलाइ देख्ने व्यक्ति नै स्वयं भोगी हुन्छ । मानिसले राती सुत्दा देखिने सपनामा – केहि सपना व्यक्तिको निजी जीवनसंग जोडिएका हुन्छन् । केहि सपना तपाईको वास्तविक जीवनबाट अलग हुन्छ । हामी आफ्नो जीवनमा दिनहूँ जसो आ-आफ्नो पेशा अनुसारको काम गर्दछौं । तपाईले अनुभव गर्नु भएको होला केहि काम अधुरो पनि रहन जान्छ । हामी मानसिक रुपले गहिरिएर बाँकी रहेको कामको बारेमा सोच्दछौं । जब तपाई राती सुत्नु हुन्छ । अधुरो काम सम्बन्धित सपना देख्नु हुन्छ । केहि सपना यस्ता पनि देखिन्छ जो तपाईको वास्तविक जीवनसित कुनै प्रकारको सम्बन्ध हुँदैन । बस अचानक देखिन्छ, यस्तो सपना देख्छ भनेर तपाईले कहिले कल्पना पनि गर्नु भएन होला ।

यस्ता सपनाहरु अपुर्ण ईच्छा, कुनै प्रकारको भय आदिमा आधारित पनि हुन सक्छन् । अचानक ब्यूँझिंदा यस सपनासंग टाढासम्मको कुनै सम्बन्ध हुँदैन । यस प्रकारको डर लाग्दो भयानक सपना देखेर केहि व्यक्तिहरु भयभित भई हाल्छन् र कोहिकोहि डिप्रेसनको शिकार हुन्छन् । उनीहरुलाई यस्तो लाग्छ कि कुनै अशुभ घटना हुनेवाला छ । उपचारकै सिलसिलामा कहिले काहि त यस्तो पनि देखिएको छ कि रोगीलाई उसको रोग लक्षण अनुसार उपयुक्त औषधि दिंदा पनि निको हुन नसकेको रोग मात्र रोगीले बारम्बार देख्ने सपनाको आधारमा औषधि दिंदा निको भएको छ ।

जस्तै, औछ्यानमा पिसाव गर्ने (बेड वेटिङ्ग) समस्याबाट केटा- टीहरु मात्र होइन कि ठुलै मान्छे पनि पीडित हुन्छन् । सपनामा बाहिर गएर पिसाब गर्दै गरेको सपना देख्ने व्यक्ति (रोगी) लाई क्रियोजोट नामक औषधिको प्रयोगले यस किसिमको सपना आउन बन्द हुनुको साथै रोग पनि ठिक हुन्छ । यस्तै, सर्पले लखेटेको, ठुँगेको अथवा बाटो छेकेको सपना कसैले बराम्बार देख्दछ भने जाग्रत अवस्थामा पनि उसको मन हरहमेशा भयभित रहन थाल्छ । जसले गर्दा अजीर्ण, स्नायु दुर्वलता, रक्तहीनता आदि जस्ता मोनोदेहिक रोगबाट ग्रस्त हुन जान्छ । यसको लागि आर्जेन्टम नाईट्रिकम नामक औषधि उपयुक्त हुन्छ ।











सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271579 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top