रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

रौतहटमा पत्रकार अचारसंहिता बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न



समाज   153 पटक पढिएको   जितेन्द्र कुमार दास   २०७५ जेष्ठ ०३ बिहीवार  

रौतहट, जेठ ३ । रौतहटको गौर नगरपालिका स्थित सिया प्यालेसमा ‘पत्रकार अचारसंहिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सील नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजनमा प्रदेशस्तरीय छलफल भएको हो ।

रौतहटमा पत्रकार अचारसंहिता बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यक्रममा सरोकारवालाले पत्रकारको कलमलाई गोलीसंग तुलना गर्दै सधै संयमित भएर मात्रै चलाउनुपर्ने भनाई राखे । आवेग र उत्तेजनामा आएर कलम चलाउँदा समाजमा खलल आउन सक्ने भन्दै पत्रकारिताको दुरुपयोग नहुने गरी काम गर्नु पर्ने उनीहरुले बताएका छन् ।

सरोकारवालाले पत्रकारले पेशाप्रति प्रतिवद्ध हुनु पर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका प्रतिनिधिले आवेग र उत्तेजनामा आएर कलम चलाउँदा समस्या सृजना हुन सक्ने बताए । उनले पत्रकारले सधै समाचारको स्रोतलाई गोप्य राख्नुपर्नेमा जोड दिए ।

प्रदेश नं. २ का भुमिसुधार तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवले बैचारिक, दलिय दृष्ट्रिकोणबाट प्रभावित भएर पत्रकारिता गर्न नहुने बताए । जिल्ला समन्वय समिति रौतहटका सभापतिले सत्य तथ्यमा आधारित रहेर पत्रकारिता गर्नु पर्ने जोड दिए ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, गौर नगरपालिकाका उप–मेयर किरण ठाकुर, जिल्ला प्रहरी कार्यलयका प्रमुख रबिन्द्र केसी, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष लगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नम्वर  २ का पत्रकारहरुको उपस्थिती रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183137 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top