रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता     प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत      बैंकको ब्याज नघटे १५ दिनभित्र आन्दोलनमा उत्रिने नेपाल उद्योग वाणिज्य महासंघको चेतावनी     रौतहट प्रहरी उपरिक्षकमा भुपेन्द्र खत्री      प्रेम दिवसमा जुनुको ‘धक धक…      नेकपाका कारण नगरसभा हुनसकेन - नगर प्रमुख यादव     महिला सश्स्क्तीकरण आफ्नो प्रमुख प्राथमिकता - नगर उप प्रमुख ठाकुर      हिउँदे वर्षाले रौतहटमा ५० करोड रुपैयाँको इँटा नष्ट-अध्यक्ष साह   
राजनिति

अर्बौंका योजना माग्दै प्रचण्डको जनसम्पर्क कार्यालयमा निवेदन



राजनिति   103 पटक पढिएको        

चितवन बैशाख ३१ नेकपा माओवादी केन्द्र्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन्।

अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन्।

प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय स्थापना गरेका छन्। कार्यालयकी सचिव निशा न्यौपाने अधिकारीका अनुसार विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ बजेट बराबरका योजना कार्यालयमा माग भई आएका छन्। उनका अनुसार सडक, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, रोजगारलगायतका शीर्षकमा योजना माग गर्दै जनसम्पर्क कार्यालयमा निवेदन परेका हुन्।

कार्यालयमा आएका निवेदनमध्ये साना सिँचाइ आयोजनाका लागि धेरै निवेदन परेका छन्। निवेदनमा साना बोरिङ हाते ट्र्याक्टरलगायतका पाँच हजार थान माग गरिएको छ। सबैभन्दा कम आधारभूत विद्यालय शिक्षक दरबन्दी मिलानको रहेको छ। बृहत् सिँचाइका लागि खगेरी सिँचाइ र नारायणी लिफ्टको सञ्चालनका लागि दुई वटा निवेदन परेका छन्।

कार्यालयमा आएका निवेदनमध्ये खानेपानीको ४७, सार्वजनिक शौचालयको ७०, माडीमा रहेका १३ खोलामा तटबन्ध माग, निकुञ्जको सीमामा ३८ किलोमिटर मेस जालिका लागि, भरतपुर महानगरपालिका वडा नम्बर १३, २४, २६, २७, २८ मा रहेका १४५ किलोमिटर सडक कालोपत्रेका लागि निवेदन परेका छन्।

यस्तै संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पाँच, पर्यटन विकासका लागि दुई, भरतपुर अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न, माडी अस्पताल र वकुलहर अस्पतालको स्तरोन्नति गर्न, वडा नम्बर २५ मा २५ श्ययाको अस्पताल निर्माण गर्न, छ वटा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको माग भएको उनले बताइन् ।

कृषि विश्व विद्यालयको एक आंगिक क्याम्पस चितवनमा राख्न र अध्ययन गर्ने विद्यार्थीको कोटा थप गर्न शिक्षा क्षेत्रतर्फ माग भएको छ। पूर्वी चितवनको शक्तिखोरमा रहेको औद्योगिक क्षेत्रको विकास र व्यवस्थापन, घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहयोग माग गरेर निवेदन आएको उनले जानकारी दिइन्।

बढ्दो बेरोजगारीका कारण सचिवालयमा जागिरका लागि ३० वटा, एउटा रंगशाला र अन्य स–साना खेलकुद मैदान गरी १२ वटा, मठमन्दिर व्यवस्थापनका लागि ३६ वटा निवेदन परेका छन्।

आर्थिक वर्ष शुरु हुन लागेको र बजेट तयार गर्ने समय भएकाले कार्यालयले सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिलाई आफ्ना विकासका योजना ल्याउनका लागि आग्रह गरेको अधिकारीले बताइन्।










सम्बन्धित शिर्षक समाचारहरु
  • मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी

    हेटौँडा/३, फागुन / जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत मधुकुमार थापा प्रदेश नंबर ३ को उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
    बिशेष
    7     रौतहट अनलाईन
  • प्रेममा छिन् सरस्वती प्रतीक्षा

    काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।
    विचार/विश्लेषण
    23     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2507845 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top