रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
समाज

एक जुट भएर ईशनाथ नगरपालिकाको बिकाशमा जुट्ने कार्यपालिका सदस्यहरुको जोड



समाज   4 पटक पढिएको        

रमेश ठाकुर / रौतहट, २७ बैशाख/ रौतहटको ईशनाथ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु बिच देखिएको विवाद अहिले साम्य भएको छ । विभिन्न शिर्षकको रकममा अनियमितता भएको भन्दै सुरु भएको विवाद कार्यपालिकाको बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत

रामजी जोशिले अहिले सम्मका आर्थिक कारोबार बारे सम्पुर्ण सदस्यहरुमा जानकारी गराएपछि विवाद साम्य भएको हो । विभिन्न शिर्षकमा अनियमितता भएकोले छानबिन गर्न भन्दै गत साता वडा नम्बर १ का वडा अध्यक्ष बिगु ब्यास, वडा नम्बर २ का वडा अध्यक्ष रामलक्षन साह, वडा नम्बर ७ का वडा अध्यक्ष शेख खालिक, वडा नम्बर ८ का वडा अध्यक्ष शेख चाँदअलि र कार्यपालिका सदस्य गृषनन्दन सिंह लगायतले जिल्ला प्रशासन कार्यालयमा बुझाएका ज्ञापन पत्रको जवाफमा प्रमुख जिल्ला अधिकारीले भने  अनुसार नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृत जोशिले कार्यपालिकाको बैठक बसाएर अहिले सम्म भएको आर्थिक कारोबार सार्वजनीक गरेपछि विवाद साम्य भएको हो ।
कार्यपालिका सदस्यहरु भित्रको विवाद शान्त हुने वितिक्कै नगरपालिकाको विकास निर्माणको कार्यले समेत गति लिएको छ । कार्यपालिकाको बैठकमा नगर प्रमुख सन्तोष मेहताले नगर भित्र संचालन हुने योजनाहरुको गुणस्तरमा कुनै किसिमको समझौता नहुने बताएका छन् । नगर प्रमुख मेहताले अब नगरपालिकामा हुने हरेक कार्य पारदर्शी हुने र विकाश निर्माणका कामकाज गुणस्तरीय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई पक्ष बिच देखिएको तिक्तताको अन्त्य भएपछि त्यहांका नगरबासी खुशि भएका छन् । साथै नगरपालिकाका सदस्यहरु बिचको विवाद अन्त्य गर्न नगर प्रमुख मेहता र प्रमुख प्रशासकिय अधिकृत जोशिले खेलेको भुमिका उल्लेखनिय रहेको भन्दै स्थानीयहरुले प्रंशसा गरेका छन् ।









सम्बन्धित शिर्षक समाचारहरु

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

चरम भ्रस्टाचार गरेको भन्दै स्थानियले गरे एक कर्मचारीलाइ रामधुलाई



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270275 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top