रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

मोदीको काव्यात्मक सम्बोधनः जनकपुरबिना अयोध्या अधुरो छ



राजनिति   1 पटक पढिएको        

जनकपुर बैशाख २८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा नेपाल र भारतको ऐतिहासिक सम्बन्धको गुनगान गाएका छन्। जनकपुरमा नगरिक अभिनन्दनपछि अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो प्रसस्तियुक्त सम्बोधनमा जानकी धामबिना अयोध्या अधुरो रहेको बताए।

‘नेपालबिना भारतको आस्था अधुरो छ, नेपालबिना भारतको इतिहास र आस्था अधुरो छ’, उनले भने। 

उनले भारतको छिमेकी पहिले भन्ने नीतिमा नेपाल एक नम्बरमा रहेको बताए। 

उनले नेपाल र भारतबीचको सम्बन्ध कुनै परिभाषाबाट होइन भाषाबाट जोडिएको दाबी गरे। ‘यो आस्थाको भाषा हो, यो आफ्नोपनको भाषा हो, यो रोटीको भाषा हो यो बेटीको भाषा हो,’ मोदीले भने।

‘नेपाल र भारतको सम्बन्ध राजनीति, कूटनीति, समरनीतिभन्दा अलग देवनीतिले जोडिएको छ। व्यक्ति र सरकार आउँछन् जान्छन् तर हाम्रो सम्बन्ध अजर अमर छ,’ मोदीले थपे।

उनले नेपाल–भारत सम्बन्धको चित्रण गर्न रामचरितमानसको हरफ पनि उल्लेख गरेः

जे न मित्र दुख होहिं दुखारी।
तिन्हहि बिलोकत पातक भारी॥
निज दुख गिरि सम रज करि जाना।
मित्रक दुःख रज मेरु समाना॥

उनले विकासको पहिलो सर्त लोकतन्त्र भएको जनाउँदै चुनावपछि गठित नयाँ सरकारमा जनआकांक्षा पूरा गर्ने जिम्मेवारी रहेको पनि उल्लेख गरे।

उनले चुनाव सफलताका लागि सरकारलाई बधाइ समेत दिए।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271580 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top