रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
राजनिति

नाकाबन्दीका लागि मोदीले माफी माग्नुपर्छ: विवेकशील साझा



राजनिति   21 पटक पढिएको        

काठमाडाैं बैशाख २७ उदाउँदो वैकल्पिक राजनीतिक शक्ति विवेकशील साझा पार्टीले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिना लामो नाकाबन्दीका लागि माफी माग्नुपर्ने बताएको छ।

विवेकशील साझा

नाकाबन्दीका कारण नेपालीको मनमा लागेको घाउबारे भारत अनविज्ञ नरहेको भन्दै माफी राजकीय भ्रमणमा नेपाल आएका बखत मोदीले माफी माग्नुपर्ने बताएको हो।

‘राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठूलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना थियो’, पार्टीका विदेश विभाग प्रमुख डा.दिनेश प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ छैन। मोदीको राजकीय भ्रमणको यो महत्वपूर्ण अवसरमा उनले त्यतिबेला नेपालीको मनमा पु¥याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो।’

२०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गरेकोमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ६ महिना लामो नाकाबन्दी गरेको थियो। सो नाकाबन्दीका कारण नेपालमा औषधिदेखि दैनिक उपभोग्य वस्तु अभाव भएको थियो। वर्तमान संविधानका ७ बुँदामा संशोधन गर्न दवाब दिँदै नाकाबन्दी गरेको भारतले सो विषयमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

सम्बन्धित खबर : 

विवेकशील साझाले नेपाल सरकारको निम्तोमा आउन लागेका मोदीलाई स्वागत गर्दै जनकपुर भ्रमण र जानकी मन्दिरको दर्शनको विषयलाई राष्ट्रिय गौरवको रुपमा लिएको उल्लेख गरेको छ। जानकी मन्दिरसहित मुक्तिनाथ मन्दिरमा मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र भारतीय जनता समक्ष यी दुवै ठाउँको प्रचारमा सकारात्मक योगदान पुग्ने सो पार्टीको ठहर छ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लिएर सर्वसाधारण नेपालीले पनि माफी माग्नुपर्ने बताइरहेका बेला विवेकशील साझाको यस्तो विज्ञप्ति आएको हो।

मोदी भ्रमणको पूर्वसन्ध्यामा सर्वसाधारण नेपालीले सामाजिक सञ्जाल ट्विटरमा ‘नाकाबन्दी अपराध थियो श्रीमान् मोदी’ (ब्लकेड वाज क्राइम मिस्टर मोदी) ह्यासट्याग ट्रेन्डिङ गराइरहेका छन्। बुधबार नेपालमा ट्विटर ट्रेन्डिङको एक नम्बरमा आएको सो ह्यासट्याज आज दोस्रो दिन पनि पहिलो नम्बरमै टे«न्डिङ गरिरहेको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183140 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top