रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

दुर्गा भगवती गाउँपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा



समाज   1 पटक पढिएको        

जितेन्द्र कुमार । रौतहट, बैशाख २६ रौतहट जिल्ला १८ स्थानिय मध्ये तेस्रोमा आज दुर्गा भगवती गाउँपालिकालाई भब्यताका साथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

Image may contain: 6 people, including Dk Jha and Arun Sah, people smiling, people standingघोषणा सभाका प्रमुख अतिथि रौतहट क्षेत्र नं. २ का सांसद अफताव आलमले नेपाल सरकारको सन् २०७७ सम्ममा देशलाइनै खुल्ला दिशा मुक्त बनाउने अभियान अन्तर्गत त्यस क्षेत्रलाई पनि खुल्ला दिशा मुक्त क्षे त्र घोषणा गरिएको बताए । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न साझेदार संस्थाहरुले खेलेको भुमिका अहम् रहेको उहाँको भनाई थियो ।

दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण साहको अध्यक्षतामा गाउँपालिका खुल्ला दिशामुक्त भएको छ  । घोषणा सभालाई सम्बोधन गर्दै दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले साझेदार संस्थाको तर्फबाट आफुहरुले गरेको सहयोगले सार्थकता पाएको बताए । साथै रौतहटमा खुल्ला दिशा मुक्त क्षेत्र थपिएकोमा खुसी साट्दै म आफ्नो यो क्षेत्रका नागरिकलाई सब्यताको पहिचान दिलाउन समेत आग्रह गरे । Image may contain: 4 people, crowd and outdoor

सोहि घोषणा कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिके झा वडाको तर्फबाट सम्बोधन गर्दै भने जनताको घर दैलोसम्म पुगी सधै जनताको हितमा लागि परेको भन्दै आगामि दिनहरुमा पनि दुर्गा भगवती गाउँपालिका सारथी बन्ने वडा अध्यक्ष झाले बताउनु भयो ।

खुल्ला दिशामुक्त घोषणा सभामा लगभग २ हजार भन्दा बढी मानिसको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम उपस्थित रौतहट जिल्लाका प्रमुख अधिकारी, गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख तथा जिल्ला समन्वय समितका सभापती पनि उपस्थित रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183143 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top