रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा     आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज   
देश

सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’



देश   3 पटक पढिएको        

काठमाडौं बैशाख २० साढे ३३ केजी सुन गायब तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गरिरहेको समितिले प्रहरीका उच्च अधिकृतसहितको संलग्नतामा ‘क्रिमिनिल ग्याङ’मार्फत् सुन तस्करी हुने गरेको निष्कर्ष निकालेको छ।

सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’

बुधबार मोरङ जिल्ला अदालतमा बुझाएको मुद्दामा पक्राउ प्रहरी अधिकारीले निजी आर्थिक लाभका लागि ‘क्रिमिनल ग्याङ’ (आपराधिक समुह) बनाएको उल्लेख गरेकाे हाे।

मोरङ जिल्ला अदालतमा बुझाइएको अभियोग पत्रमा प्रतिवादीहरु पूर्व डिआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी बिकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, प्रहरी हवल्दार अमर भन्ने अम्बर बहादुर थापा मगर र प्रहरी जवान बिष्णु बहादुर खड्काले संगठित अपराध निवारण ऐन, २०७० को दफा ५ मा निषेधित आपराधिक लाभका लागि आपराधिक समूह स्थापना र सञ्चालन समेत गरेकोले थप सजायको मागदाबी गरिएको छ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (३) मा परिभाषा अनुसार भन्सार ऐन, २०६४ को दफा ५७ (१) को देहाय (च) अनुसारको कसुर गम्भीर अपराध भएकोले निज प्रतिवादीहरु लाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) बमोजिम थप सजाय र ऐ.ऐनको दफा ९ को देहाय (ग) वमोजिम सजाय हुन समेतको मागदावी सरकारी वकिलले गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत सञ्जीव शाक्यको जाहेरीले दर्ता भएको आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दाका ६३ प्रतिवादीलाई अलग–अलग अभियोग मागदाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले ६ समुहमा बाँडेर ६३ जनाबिरुद्ध अभियोग मागदाबी सहित मुद्दा दर्ता गरेको हो।

सरकारी वकिलको मागदाबीअनुसार तत्कालीन समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत रहेका डिआईजी गोविन्द निरौलासहितका प्रहरी अधिकारीले सुन तस्कर नाईके गोरे भन्ने चुडामणि उप्रेती समुहसँग आर्थिक लाभ लिएर भन्सार चुहावट गरेको आरोप लगाइएको छ।

‘भन्सार ऐन, २०६४ को दफा ५७ (१) को देहाय (च) बमोजिमको कसुरमा भन्सार ऐन, २०६४ को दफा ५७ (१) को देहाय (च) अनुसार नै कसुरको मात्रा अनुसार ५ वर्ष (हदै सम्म) कैद सजाय हुन र सोही ऐनको दफा ५७ (१) बमोजिम जरिवाना हुन मागदाबी गरिएको छ’ अभियोगपत्रमा उल्लेख छ।

यस्तै प्रतिवादीहरुले आफ्नो र परिवार का नाममा र अन्य कोही कसैका नाममा राखेका संगठित अपराधबाट आर्जित चल अचल सम्पति समेत संगठित अपराध निवारण ऐन, २०७० को दफा ५१ को उपदफा (२) बमोजिम जफत गरी पाउन मागदाबी गरिएको हो।

महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीलाई गोरेको पूर्व योजनामा सघाएको आरोप लगाइएको छ। अभियोग पत्रमा दुवैलाई संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (४) मा परिभाषित कसूर भएकाले सोही ऐनको दफा ९ को देहाय (ख) बमोजिम सजाय हुन मागदावी गरिएको छ। लाेहनी र केसीलाइ अपराधिक समूह बनाएकाे अाराेप भने लगाइएकाे छैन।

संगठित अपराध निवारण ऐनको दफा ३ को उपदफा (४)मा कसैले कुनै आपराधिक समूहलाई संठित अपराध गर्न वा संठित अपराध गर्न सघाउ पुर्याउन कुनै काम जानी जानी गरी वा नगरी सो समूहको काम कारबाहीमा सहभागी हुने वा सघाउ पुर्याउने वा सञ्चार साधन वा सूचना प्रविधि उपलब्ध गराउने वा आर्थिक सहयोग गर्ने वा कुनै साधन उपलब्ध गराउने वा संठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिने, लुकाउने वा भगाउने कार्य गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ।

अनुसन्धानका लागि खटिनु भन्दा गोरेलाई सघाउन अपराध महाशाखाबाट टोली पठाएको आरोप एसएसपी लोहनी र डिएसपी प्रजित केसीलाई लगाइएको छ। सो आरोप अनुसार प्रचलित कानूनमा कुनै सजायको व्यवस्था भएको रहेनछ भने पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ।

पक्राउ परेका सई बालकृष्ण सञ्जेलका हकमा भने सुन तस्करी भएको ३८ सय किलो सुन भित्राउन मुख्य भूमिका निर्वाहकर्ता भएको ठहर गर्दै १७ अर्ब बिगो मागदाबीसहित संगठित अपराध निवारण ऐनअनुसार थप सजाय मागदाबी गरिएको छ।

सुनकाण्डमा नेपालखबर फलाेअप

१. प्रहरीकाे 'अफ ट्रयाक' अनुसन्धानका अनुत्तरित प्रश्न

२. ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’

३. तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)

४. साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

५. सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा

६. साढे ३३ केजी सुन गायब प्रकरण : थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या

७. सुन तस्करीमा संलग्न एसपी खनाल प्रहरी नियन्त्रणमा

८. साढे ३३ केजी सुन बेपत्ता प्रकरण: डिएसपी प्रजित केसी पक्राउ

९. सुन तस्करीको केरुङ ‘कनेक्सन’ खोतल्दै समिति

१०. सुनकाण्डमा मुछिएका पूर्व डिआइजी लगायतलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र

११. साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ

१२. साढे ३३ केजी सुन गायब प्रकरण: ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

 










सम्बन्धित शिर्षक समाचारहरु

गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

छठ पर्वमा दुई दिन बिदा

बृहत्तर जनकपुरका पूर्वअध्यक्षसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुवास निरौलाले भ्रष्टाचार मुद्दामा जेल नबसी पुनरावेदन गर्न पाउने

ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लापरबाही गर्ने गौरव निर्माण सेवा सहित १५ वटा कम्पनी कालोसूचीमा

मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन

संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने

गुणस्तरहिन सामाग्री प्रयोग गर्ने ठेकेदार कम्पनीका मेनेजर सहित तीन जना पक्राउ

  • बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

    रौतहट/२१, मंशिर / गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बिकाश पत्रकारितामा जुट्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ l सुमिन्त्रा मिडियाको आयोजनामा सदरमुकाम गौरमा सुरु भएको फोटो पत्रकारिता तालिमको उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले पत्रकार बिकाशको प्रमुख निगरानी कर्ता रहेको भन्दै सोहि अनुसारको
    समाज
    9     रौतहट अनलाईन
  • गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

    रौतहट/१५ ,मङ्सिर / रौतहट को गौर नगरपालिका खुला दिशामुक्त घोषणा भएको छ l शनिवार एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ०१ का सांसद अनिल कुमार झा को प्रमुख आतिथ्यमा खुल्ला दिशा मुक्त घोषणा गरीएको छ । रौतहट जिल्लाो १४ औ खुल्ला दिशामुक्त नगरपालिकाको रुपमा गौर नगरपालिकालाई घोषणा गरीएको हो ।
    समाज
    18     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2451341 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top