रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन     पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी     एनजीओ दर्तामा गृहमन्त्रालयको पछिल्लो निर्णय तत्काल लागू नहुने     स्वर्णिम बेल्जियमलाई नव प्रवेशी पानामाको चुनौती     विश्वकप अन्तर्गत आज सोमबारका खेलहरु     स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो     विश्व विजेता जर्मनी अाफ्नाे पहिलाे खेलमै पराजित     क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो     अष्ट्रेलियाले बराबरी गोल फर्कायो     पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ     विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित   
राजनिति

आजदेखि आचारसंहिता अनुगमन टोली फिल्डमा



राजनिति   710 पटक पढिएको        

काठमाडौँ, २० बैशाख । निर्वाचन आयोगले आचारसंहिता अनुगमनको लागि आज बुधबारदेखि उच्चस्तरीय टोली परिचालन गर्दैछ। पहिलो चरणमा हुने ३४ जिल्लाको स्थानीय चुनाव अनुगमनका टोली स्थलगत पुग्दैछन्। अनुगमन टोलीलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्मका अधिकार दिइएको छ।

आजदेखि आचारसंहिता अनुगमन टोली फिल्डमा

दलहरुको हकमा यसअघि नै लागू भइसकेपनि उम्मेदवारको हकमा उम्मेदवारी दर्ता गरिएको वैशाख १९ गतेदेखि आचारसंहिता लागू भएको छ।

प्रत्येक गाउँपालिकामा निर्वाचन अधिकृतलाई आचारसंहिता अनुगमनका लागि एक—एकजना अनुगमनकर्ता दिइएको आयोगले जनाएको छ। त्यस्तै प्रत्येक जिल्लामा आयोगले मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति गठन गरिएको छ।
स्थानीय अनुगमनकर्ताको समेत अनुगमन गर्ने गरी आयुक्तलाई पनि जिम्मेवारी दिइएको छ। आयुक्तहरु सुधीरकुमार शाहले प्रदेश नम्बर ६, ईश्वरी पौडेलले ४ तथा इला शर्मा र नरेन्द्र दाहालले प्रदेश नम्बर ३ को अनुगमन एवं निगरानी गर्ने बताइएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारका विशिष्ट एवं प्रथम श्रेणीका अधिकृतहरुलाई आयोगले अनुगमनमा खटाएको बताए।

आयोगले आचारसंहिता उल्लघंन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान बनाएको छ। उम्मेदवार, पर्यवेक्षक, कर्मचारी, पत्रकारलगायत सबैलाई आचारसंहिता उल्लघंनको दायरामा ल्याइएको बताइएको छ।

आयोगका सचिव गोपीनाथ मैनालीले उम्मेदवारको नामावली टुंगो लागेपछि अनुगमन थप कडाइ गरिने बताए। साथै, केन्द्रीय अनुगमन समिति गठन गरिएको र त्यसले सुक्ष्म रुपमा आचारसंहिता अनुगमन गर्ने तयारी पनि रहेको सचिव मैनालीले बताए।

कसलाई लाग्छ आचारसंहिता?

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) स्थानीय निकाय/तह,
(ग) स्थानीय निकाय/तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत्निकायमा कार्यरत सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति,
(ट) पर्यवेक्षक,
(ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति,
(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी आदि

उम्मेदवारले के के गर्न पाउँछन्?


आयोगले बनाएको आचारसंहिता अनुसार देहाय बमोजिमको खर्च गर्ने अनुमति उम्मेदवारलाई दिइएको छः
(१) निर्वाचनमा देहायका उम्मेदवारले देहाय बमोजिम सवारी साधन प्रयोग गर्न सक्नेछन्ः
(क) महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी
साधन र दुईवटा मोटर साइकल तथा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र एउटा मोटर साइकल
(ख) उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा
अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा
मोटर साइकल
(ग) सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा

(२) उपदफा (१) बमोजिम सवारी साधनकोप्रयोग गर्नु अघि उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न अनुमतिपत्रका लागि सम्बन्धित निर्वाचन अधिकृत समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिको निवेदन परेमा निर्वाचन अधिकृतले उपदफा (१) को अधीनमा रही अनुसूची–२ बमोजिमको ढाँचामा सवारी साधनको अनुमतिपत्र जारी गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम एउटा उम्मेदवारको नाममा अनुमतिपत्र प्रदान गरिएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्नु वा गराउनु हुँदैन।










सम्बन्धित शिर्षक समाचारहरु

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी

नराम्रा फाल्ने, राम्रा ल्याउने अभियान नै पार्टी एकता हो: प्रचण्ड

‘एमाले’ पत्रकारको पेरिसडाँडा र ‘माओवादी’ पत्रकारको धुम्बाराहीमा बैठक

मालपोत कार्यालयका बिचौलिया कर्मचारीको गोप्य लिस्ट तयार हुँदैछः कृषिमन्त्री

प्रधानमन्त्री ओलीविरुद्धको उजुरी सर्वोच्चद्वारा दरपीठ

आफ्नै कार्य सञ्चालन विधि पारित गर्दै राष्ट्रियसभा

ज्ञानेन्द्र निष्क्रिय बन्दै जाँदा सक्रियता बढाउँदै पारश!

असार ३० भित्र महाधिबेशन गर्न राजपालाई आयोगको निर्देशन

महानगरवासीको आवश्यकता र चाहान अनुरुप योजना ल्याउनुहोस् : प्रमुख रेणु दाहाल

  • वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

    काठमाडौं/४ ,असार/ वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर
    समाज
    36    
  • पेनाल्टीले टुट्यो दक्षिण कोरियाको सपना, स्वीडेन विजयी

    काठमाडौं/४, असार/ विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी मेक्सिकोसँग
    खेलकुद
    38    
  • रौतहटका ५ स्थानिय तहका नायब सुब्बा प्रमुख पदबाट हटाईए

    रौतहट, जेष्ठ १४ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आईतवार ८२ वटा नयाँ शाखा अधिकृतलाई नियुक्ति तथा पदस्थापन गरेको छ ।
    समाज
    1951     जितेन्द्र कुमार दास
  • सरकारी सयन्त्रले केहि गरेन ः मल्लिक

    जितेन्द्र कुमार । रौतहट /११ ,भदौ गएको साता आएको विनासकारी बाढिबाट रौतहट पूर्ण रुपमा अस्तव्यस्त भएको बेला नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाका सभापत्ति संजिव मल्लिकले सम्पूर्ण सरकारी सयन्त्र मिलेर कुनै काम नगरेको आरोप लगाएका छन् । आईतवार नेपाल
    समाज
    1610    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2223881 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top