रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

आजदेखि कक्षा १२ को परीक्षा,चार लाख विद्यार्थी सहभागी



समाज   5 पटक पढिएको        

वैशाख १४ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ ।

Image result for कक्षा १२ को परीक्षा सुरु परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।

परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा रहेको बोर्डले जनाएको छ । ‘प्रश्नपत्र परीक्षा केन्द्रमा पुगिसकेको छ,’ अर्यालले भने, ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक नियुक्ति गरेर सुरक्षा प्रबन्धसमेत मिलाइसकिएको छ ।’ ३९ हजार जनशक्ति परीक्षामा खटाइएको छ ।

वैशाख २७ गते कक्षा १२ को परीक्षा सकिएपछि तिनै केन्द्रमा ३० गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन गरिने अर्यालले जानकारी दिए । जेठ ९ गते सकिने परीक्षामा पाँच लाख ५० हजार नौ सय ५८ विद्यार्थी सहभागी हुनेछन् जसमा दुई लाख ६३ हजार एक सय ६८ छात्र र दुई लाख ८७ हजार सात सय ९१ छात्रा छन् । परीक्षामा ४६ हजार सात सय ६६ जनशक्ति खटाइनेछ । कक्षा ११ र १२ का कुल ९ लाख ६६ हजार २ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

‘परीक्षामा कुनै समस्या आए तत्काल समाधान गर्न केन्द्राध्यक्षको गुप्र म्यासेज आदानप्रदान हुने सिस्टम तयार पारिएको छ,’ उनले भने, ‘प्रश्नपत्रमा हुन सक्ने त्रुटिलगायत आपतकालीन समस्या केन्द्राध्यक्षले परीक्षा बोर्डमा सम्पर्क गरेर तुरुन्तै समाधान गर्न सक्नेछन् ।’

यसपालिदेखि विद्यार्थीको नाम थर, जन्ममिति, विषय र कोड नम्बर फरक परे बोर्डको वेबसाइटमा कक्षा र रजिस्ट्ेरसन नम्बर इन्ट्री गरेर परीक्षाअघि नै रुजु गर्न सक्ने प्रबन्ध मिलाइएको छ । उनले भने, ‘विद्यार्थीले आफ्नो विवरण पहिल्यै हेरेर विद्यालयमार्फत बोर्डमा सम्पर्क गर्न सक्छन्, परीक्षाअघि नै विद्यार्थीको विवरण सच्याउने मौका पाएपछि परीक्षाफल प्रकाशित गर्ने बेला समस्या हुँदैन ।’ कक्षा १२ मा दुई लाख ९८ हजार नौ सय ८७ नियमित र एक लाख १६ हजार दुई सय ६६ आंशिक विद्यार्थीले परीक्षा दिँदै छन् । त्यस्तै कक्षा ११ मा तीन लाख ३२ हजार आठ सय ८६ नियमति र दुुई लाख १८ हजार ७१ जना आंशिक विद्यार्थी सम्मिलित हुनेछन् ।

दुवै परीक्षामा सबैभन्दा थोरै मनाङ जिल्लाबाट ८८/८८ जना विद्यार्थी सहभागी हुनेछन् । मनाङ र मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुने बोर्डले जनाएको छ । सबैभन्दा बढी काठमाडौंबाट एक लाख ३६ हजार ५३ विद्यार्थीले परीक्षा दिनेछन् ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183144 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top