रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

गैर कानुनी रुपले संचालन गरेको बिधालय बन्द गर्न नगरपालिकाको अनुरोध



समाज   32 पटक पढिएको        

रौतहट, १२ बैशाख गौर नगरपालिका भित्र दर्ता नभएका निजी विधालय बन्द गर्न गौर नगरपालिकाले ठोस निर्णय गरेका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयबाट दर्ता नभएका निजी बिद्यालयलाइ गौर नगरपालिकाले बन्द गर्न पत्रचार गरेको छ ।

 पुर्व प्राथामिक र प्राथामिक तहको अनुमति लिएर माथिल्लो कक्षा संचालन गरेका बिद्यालयहरुलाइ पनि आफनो अनुमती सम्मको मात्र कक्षा संचालन गर्न पत्रचार गरेको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले जानकारी दिएका छन । गैर कानुनी तबरले संचालन भएका निजी बिद्यालयले ग्राहक ठगेको गुनासो आएपछि नगरपालिकाले कडा रुपमा प्रस्तुत हुनु परेको नगर प्रमुख गुप्ताले बताए ।

बुधबार प्रत्रचार गदै नगर प्रमुख गुप्ताले त्यस्ता निजी बिद्यालय आजैबाट बन्द गर्न समेत आग्रह गरेका छन । यदी नगर शिक्षा ऐन २०७४ बिपरित बिद्यालय संचालन गरेको पाइएमा प्राप्त अनुमति वा स्वीकृत खारेज समेत गरिने नगर प्रमुख गुप्ताले बताए ।
यसैगरी गौर नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुमा पनि नगरपालिकाले कडा निगरानी बढाएको उनले जानकारी दिए । सामुदायिक बिद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्ने लक्ष्यका साथ नगर क्षेत्रको ३ वटा माबि,१४ वटा आधारभुत बिद्यालय र १ वटा मदरसा गरी १८ वटा सामुदायिक बिद्यालयमा निगरानी बढाइएको उनले जानकारी दिए ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183171 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top