रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

चितवन पुगेर देउवाले भने, ‘सरकारले अधिनायकवाद शुरु गरिसक्यो’



राजनिति   5 पटक पढिएको        

चितवन बैशाख ३ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले देशको नभइ अधिनायकवादको विकास गर्न थालेको आरोप लगाएका छन्।

शेरबहादुर देउवा

सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाए।

‘सरकारले हरेक कुरामा एकलौटी गर्न खोजेको छ यसबाट के देखिन्छ भने अधिनायकवाद शुरु भइसक्यो, सरकारको मनोमानी बढ्यो’, उनले भने, ‘यस्तै पाराले अगाडि बढेमा सरकारले देशको होइन अधिनायकवादको विकास गर्छ।’

सरकार विरुद्ध कडा रुपमा प्रस्तुत भएको सभापति देउवाले सरकार प्रतिपक्षसँग सल्लाह नै नगरी अगाडि बढेको आरोप लगाए। कांग्रेस जिम्मेवार प्रतिपक्षमा रहेको भन्दै उनले सरकारको सकरात्मक कामको समर्थन र गलत कामको विरोध गर्ने बताए।

सरकाले के गर्छ भन्ने कुरा हनिमुन अगाडि नै थाहा पाइसकिएको भन्दै उनले सरकारका सय दिनपछि कांग्रेस कडा रुपमा प्रस्तुत हुने बताए। यो सरकारले काम होइन कुरा मात्रै गर्ने भन्दै उनले, ‘सरकारले काम होइन कुरा मात्रै गरेको छ, यसरी देशको विकास हुन सक्दैन।’

कांग्रेसको पराजयबारे पत्रकारले सोधको प्रश्नमा सभापति देउवाले पराजयले कांग्रेस कमजोर बनेको भन्ने कुरा गलत भएको दावी गरे। ‘कांग्रेस निर्वाचनमा पराजय भएको छ’, उनले भने, ‘तर कांग्रेस कमजोर बनेको छैन, प्रजातन्त्रका लागि लड्ने पार्टी कहिल्यै कमजोर बन्दैन।’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486805 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top