महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाले लगाए फुली /* - - - Script for Auto Navigation - - - */

महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाले लगाए फुली

काठमाडौं चैत २९


गृह सचिव प्रेमकुमार राईले नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दज्र्यानी चिह्न लगाइदिएका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव राईले दुवैलाई महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरेका हुन्।



नेपाल सरकारले मंगलबार दुवै संगठनका महानिरीक्षक चयन गरेको हो। मन्त्रिपरिषद् बैठकले प्रहरीको २६ औं महानिरीक्षकमा सर्वेन्द्र र १० औं महानिरीक्षकमा शैलेन्द्रलाई चयन गरेको हो।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बुधबार बिदा लिएसँगै महानिरीक्षको चार्ज सर्वेन्द्रले लिएका थिए। यस्तै बुधबार नै सशस्त्र महानिरीक्षक सिंहबहादुर श्रेष्ठले शैलेन्द्रलाई जिम्मेबारी बुझाएका थिए।

दुबै संगठनमा ३० वर्षे सेवा हदका कारण महानिरीक्षक पद रिक्त भएको थियो। महानिरीक्षक खनालद्धयले बिहीबार नै आफ्नो संगठनमा पद बहाल गरेका छन।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110252 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top