रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
राजनिति

राजपामा हाबी हुँदै राजेन्द्र महताे



राजनिति   60 पटक पढिएको        

चैत २७ गत वैशाख मधेसका ६ वटा दल मिलेर बनेकाे याे पार्टीमा संसदीय दलकाे नेता काे हुने भन्ने विषय पेचिलाे बन्दै गएकाे छ। संसदीय दलकाे नेताका लागि अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर र राजेन्द्र महतोकाे नाम चर्चामा छ। संसदीय दलकाे नेता चयन प्रक्रियामा नेताहरू दुर्इधारमा विभाजित देखिएका छन्।

राजपा गठनको बेला अध्यक्ष मण्डलको संयोजकत्व दुर्इ-दुर्इ महिनाको अन्तरमा ठाकुर र महतोले गर्ने सहमति भए पनि ठाकुरको राजनीतिक छवि र व्यक्तित्वका कारण संयोजकको दावी महतोले गर्न सकेका थिएनन्। त्यही भएर अहिले संसदीय दलको नेता अाफूले पाउनुपर्ने महताेकाे दाबी छ। महतो यसपटक संसदीय दलको नेता बन्न सकेनन् भने दलको संयोजक पनि हुन नसक्ने कतिपय नेताहरूकाे विश्लेषण छ। सोही कारण महतो दलको नेता बन्नका लागि प्रयासरत छन्। 

दलकाे नेता बन्न ठाकुरकाे कुनै चासाे नरहेकाे तर आफ्नो फाइदाका लागि उनीपक्षका नेताहरुले ठाकुरलार्इ नै दलको नेता बनाउन लागिपरेको महतो पक्षका नेताहरूकाे अाराेप छ। अर्कोतिर ठाकुर पक्षका नेताहरुले राजपाको नेतृत्व ठाकुरले नगरे पार्टी फुट्नसक्ने विश्लेषण गर्दै आएका छन्।

उमेर स्वास्थ्यका कारण ठाकुर पछिल्लाे समय राजनीतिक रूपमा सक्रिय हुन छाेड्दै गएका छन्। ठाकुर उमेरका कारण पनि गल्दै गएका हुन्। गाडीबाट अाेर्लिंदा समेत उनलाइ सहयाेगी अावश्यक पर्छ। खस्किँदै स्वास्थ्यकाे विषयलाइ महताे पक्षले नेतृत्वमा पुग्ने हतियार बनाउन खाेजेकाे छ।

महताेले गत मंसिरमा भएकाे प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका शक्तिशाली नेता बिमलेन्द्र निधिलाइ पराजित गरिदिएका थिए। त्यसपछि पार्टी भित्र र बाहिर उनकाे राजनीतिक उचाइ झनै बढेकाे हाे। भारतीकाे दवाबविरूद्ध उनले धनुषा-३ बाट उम्मेदवारी दिएर विजयी भएकाे चर्चा त्यतिबेला राष्ट्रिय राजनीतिमा भएकाे थियाे।

बहुमतमा छन् महताे

७५ वर्षिया ठाकुर उमेर र स्वास्थ्य कारण आफैँले बोलेका कुरामा अडान लिन सक्ने अवस्थामा छैनन्। के बोल्ने के नबोल्नेबारे बैठक अगाडि उनलाइ सहयाेगीले ब्रिफिंग गर्नुपर्छ। याे अवस्थाका कारण ठाकुर निकटका व्यक्तिहरूले अनावश्यक फाइदा उठाइरहेका छन्। नेताहरू याे स्थिति अन्त्यका लागि पनि महताेलाइ पार्टीकाे नेतृत्व दिनुपर्ने बताउँछन्।

२२ गते बसेको राजपा संसदीय दलको बैठकमा संयोजक ठाकुरलार्इ सरकार प्रवेशका लागि आवश्यक पहल गर्न नसकेको केही नेताले आरोप समेत लागाए। एक नेताका अनुसार उक्त बैठकमा आफूले दावी गरेको उपराष्ट्रपति पद नपाउने पक्का भएपछि सरकार प्रवेशका लागि प्रधानमन्त्री ओलीसँग भएका कुनै पनि वार्तामा सकारात्मक रुपमा प्रस्तुत नभएको आरोप ठाकुरमाथि लगाइएकाे थियाे।

पछिल्लाे पटक दलको नेता चयनका लागि संसदीय दल नियमावली निर्माणको काम पनि महताे पक्षकै नेताहरूले गरिरहेका छन्। यसले पार्टीभत्रि ठाकुर विस्तारै कमजाेर हुँदै गएकाे र महताे उदाउँदै गएकाे देखिन्छ। महतो नेतृत्वको पुरानो सद्भावना पार्टीसँग आवद्ध भएर काम गरेरपछि उनीसँगै राजपामा आएका नेता लक्ष्मणलाल कर्णलार्इ विधान तथा नियमावली निर्माणको जिम्मा दिइएको थियो। साे निर्णयमा अध्यक्षमण्डलको संयोजकको हकमा ठाकुरले कुनै किसिमकाे अवराेध गर्न सकेनन्।

उसो त प्रत्यक्ष र समानुपातिक गरेर प्रतिनिधि सभामा राजपाका १७ सांसद छन्। चुनाब भएकाे अवस्थामा महताे सहजै संसदीय दलकाे नेता चयन हुनेछन्। उनी पक्षधर १० सांसद छन्। नेता महताेकाे पक्षमा लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी, अनिल झा, राजकिशोर यादव, रानी मण्डल, अमृता अग्रहरि, नरमाया ढकाल र रेशमलाल चौधरी छन्। कैलाली घटनाको आरोपमा थुनामा रहेकाले रेशमले भने संघीय संसदको सपथ लिएका छैनन्। ठाकुरकाे पक्षमा ७ सांसद छन्। ठाकुरकाे पक्षमा एकबाल मियाँ, शरतसिहं भण्डारी, महेन्द्रराय यादव, चन्दा चाैधरी, दुलारीदेवी खंग र निर्जला राउत छन्। 

पार्टीभित्र पकड बलियाे बनाएका महताे चुनाबबाट संसदीय दलकाे नेता चयन गर्ने पक्षमा छन्। ठाकुर पक्षधर चाहिँ सर्वसम्मत रूपमा नेता चयन गर्नुपर्ने बताउँदै अाइरहेकाे छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486606 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top