‘म यस्तो गीत गाउँछु’को गीत रिलिज, पल र पूजा मनको कुरा भन्दै /* - - - Script for Auto Navigation - - - */

‘म यस्तो गीत गाउँछु’को गीत रिलिज, पल र पूजा मनको कुरा भन्दै

काठमाडौँ १८ बैशाख ।


असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको ‘भन्छु आजै’ बोलको गीतको भिडियो नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । उन सकिन्छ ।


अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको यो रोमान्टिक नम्बरको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूज शर्मा र पल शाहको प्रेम आशक्ती देख्न सकिन्छ । संजय लामाले खिचेको चलचित्रको गीतको दृश्य उत्कृष्ट छन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सुदर्शन थापा, दिनेश न्यौपानेको पटकथा तथा संवाद, विश्व गौतमको कस्ट्यूम डिजाइन चलचित्रमा छ ।

चलचित्रको यो गीतले दर्शकको ध्यान तान्ने पक्का छ । लभ स्टोरी चलचित्र निर्माण सुदर्शनको चर्चा नेपाली सिने वृत्तमा खुबै हुने गरेको छ । यो गीतको लोकेशन, पहिरन, गीतको भावले सुदर्शन फेरि अर्को मन छुने कथाका साथ दर्शकमाझ आएका छन् भन्ने अड्कल लगा



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1866295 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top