रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
समाज

प्रमाण नष्ट गर्न जबर्जस्ती गर्भपतन



समाज   1 पटक पढिएको        

जनकपुर महिला पुन:स्थापना केन्द्र (ओरेक) को आश्रयमा रहेकी गर्भवती महिलाको दबाबमा गर्भपतन गराइएको खुलेको छ । प्रमाण नष्ट गर्न जबर्जस्ती गर्भपतन गराइएको आफन्तले आरोप लगाएका छन् ।


जनकपुर–४ स्थित महिला पुन:स्थापना केन्द्र (ओरेक) कार्यालयमा भेला भएका पीडित महिलाका आफन्त । तस्बिर : कान्तिपुर

धनुषा सहिद नगरपालिका–२ मतौनाकी २२ वर्षीया महिला चैत १२ देखि ओरेकको सेफ हाउसमा बस्दै आएकी थिइन् । चैत १५ गते अभिभावकको अनुमतिबिनै गर्भपतन गराइएको हो । गणेशमान चारनाथ
नगरपालिकाकी उपमेयर मीना यादवको दबाबमा ओरेकले ती महिलाको गर्भपतन गराएको पीडित पक्षको आरोप छ ।

तीन बच्चाकी आमा छिमेकी राजकिशोर यादवसित प्रेमसम्बन्धपछि गर्भवती भएकी थिइन् । पीडितकी आफन्त रामकुमार यादवका अनुसार प्रेमसम्बन्धपछि फागुन २२ गते महिला र यादव भागेर यदुकुहा पुगेका थिए । तर, दुई सातामै यादव उनलाइ त्यहीँ छोडेर भागे । अलपत्र परेकी महिलालाई स्थानीयले प्रहरीको जिम्मा लगाइदिएका थिए । जिल्ला प्रहरी कार्यालयले ती महिलालाई जिम्मा लिन कोही नआएपछि ओरेकको सेफ हाउसमा बुझाइदिएको थियो ।

यादवका अनुसार गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने पीडित महिलाकी आमा रामदुलारी देवीलाई उपमेयर यादव घरमै पुगेर छोरीलाई पुरानै पतिसँग राख्न दबाब दिइन् । उनी ८/१० जनाको दलबलसहित पुगेकी थिइन् । ‘मेरी छोरी गर्भवती रहको कसैले भनेनन्,’ रामदुलारीले भनिन्, ‘गर्भपतनबारे कसैले मसँग सल्लाह गरेन ।’

उपमेयर यादवले भने गर्भपतन भए–नभएबारे आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिइन् । ‘महिलालाई पुरानै पतिको घरमा पठाउनुपर्ने सल्लाह उनकी आमालाई दिएको थिए,’ उनले भनिन्, ‘अरू घटनाक्रम मलाई थाह छैन ।’ उनी आफू ओरेक नगएको तर चैत २१ गते जिल्ला प्रहरीमा भएको छलफलमा उपस्थित भएको स्वीकारिन् । ओरेककी सुरक्षा तथा आवास प्रमुख निर्मला काफ्लेले गर्भपतन गराइएको स्वीकार गरिन् ।

‘महिलाकै स्वेच्छाले गर्भपतन गराइएको हो,’ उनले भनिन्, ‘उनी बालिग हुन् । तीन छोराछोरी छन्, अब बच्चा चाहिदैन भनेपछि गर्भपतन गराइएको हो ।’

नातामा देवर पर्ने प्रमोदकुमार यादवले ओरेकको सेफ हाउसमा राखिएकी भाउजुलाई भेट्न नदिएको आरोप लगाए । ‘ओरेकमा भाउजु भेट्न खोज्दा दिइएन,’ उनले भने, ‘भित्रभित्रै मिलेर गर्भपतन गराइयो । यसको अनुसन्धान हुनुपर्छ ।’ उनले गर्भपतन गराएर केटालाई उन्मुक्ति दिने प्रयास गरिएको आरोप लगाए ।

चैत १५ गते नै गर्भपतन गराइए पनि २१ गते जिल्ला प्रहरी कार्यालयमा राजकिशोरसमेतलाई झिकाएर गरिएको छलफलमा त्यो कुरा लुकाइएको महिलाका ससुरा ब्रहमदेव यादवले बताए । महिलालाई अलपत्र छाडेर भागेका राजकिशोरलाई प्रहरीले पक्राउ नगरेको, उल्टै प्रमाण नष्ट गरिएको परिवारको आरोप छ । परिवारले ओरेकविरुद्ध गर्भपतनसम्बन्धी मुद्दा हाल्ने बताएको छ ।

महिला अधिकारकर्मी अधिवक्ता रेखा झाले गर्भपतनपछि महिला र पुरुषबीचको सम्बन्ध प्रमाणित गर्न कठिन हुने बताइन् । ‘गर्भपतनपछि प्रमाण नष्ट हुन्छ,’ उनले भनिन् । धनुषा प्रहरीप्रमुख एसपी चक्रबहादुर सिंहले महिलाको गर्भपतन भए–नभएको बुझ्न चिकित्सकको परामर्श लिइएको जानकारी दिए ।

गुपचुप गर्भपतन गराइएको घटना खुलेपछि धनुषा प्रहरीले पीडित महिलाको मेडिकल जाँच समेत गराएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु

देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने

भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी

कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

वडा अध्यक्ष कुशवाहाको दादागिरी, धारिलो हथियार प्रहार गरि ४ जनालाई गरे गम्भिर घाईते

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी थाहा पाउने ?

चरम भ्रस्टाचार गरेको भन्दै स्थानियले गरे एक कर्मचारीलाइ रामधुलाई



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269712 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top