रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
देश

नेपालबाट मदिरा भारत लैजाँदै गर्दा ६ जना पक्राउ



देश   18 पटक पढिएको        

राजविराज चैत २६ नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसारमा संलग्न ६ जनालाई सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ हो ।

पक्राउ पर्नेमा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र साह, २५ वर्षीय बैजु मण्डल, २५ वर्षीय सुरेन्द्र यादव, २० वर्षीय मुकेश मण्डल, १८ वर्षीय पवनकुमार यादव र सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बस्ने ४२ वर्षीय पुतौल सिंह भन्ने सन्तोषकुमार सिंह रहेका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिए।

भारतीय नम्बरको मोटरसाइकलमा मदिरा राखी भारततर्फ निकासी गरिरहेको अवस्थामा सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ स्थित रामप्रसाद सिंहको घरमा ठूलो परिमाणका विभिन्न ब्राण्डका मदिरा भण्डारण गरिराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वरामद मदिरा करिव ६ लाख रुपैयाँ मूल्य बराबरको छ। पक्राउ परेका व्यक्ति र वरामद मदिरा राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2269740 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top