विराटगर महागनगरपालिका–१४, जतुवामा गोली चल्दा हिन्दु धर्मगुरु आचार्य श्रीनिवास घाइते भएका छन्।
स्थानीय रामजानकी मन्दीरमा आज (आइतबार)बाट सुरु हुने श्रीमद भागवत सप्ताहमा पुराण वाचनका लागि आएका श्रीनिवासमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।
प्रहरीका अनुसार बिहान २ बजेतिर उनीमाथि गोली प्रहार भएको हो।
शौच गर्न गएका बेला आचार्यमाथि गोली प्रहार भएको थियो। आचार्यको बायाँ कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विराटनगरस्थित न्युरो अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
आचार्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ।