रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
समाज

देवाही गोनाही नगरपालिकाको पहिलो नगरसभा भब्यताका साथ सम्पन्न



समाज   195 पटक पढिएको        

रौतहट, चैत २३ रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको पहिलो नगर सभा सम्पन्न भएको छ । रौतहट जिल्ला क्षेत्र नं. ३ मा रहेको देवाही गोनाही नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को लागी नगरसभा भव्यताका साथ सम्पन्न गरेको हो । परिषदले आ.ब.०७४ र ०७५ को लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरकोे छ ।

Image may contain: 6 people, including Anil Jha and Dharmendra Patel, people standing
नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेल तथा उपप्रमुख परनिया देवी पटेलले संयुक्त रुपमा नगर सभाको उदघाटन गरेका    छन् । उदघाटन सत्रलाई सम्बोधन गर्दौ नगर प्रमुख पटेलले शिक्षा, कृषि, सिँचाई, स्वास्थ्य, खानेपानी तथा रोजगार र नगरको सरसफाई सम्वन्धी विशेष योजनाका साथै भौतिक संरचना निर्माणलाई विशेष जोड दिएको बताउनु भएको छ ।

नगर परिषदको उदघाटन सत्रमा बोल्दै नगरप्रमुख पटेलले नगरपालिकालाई यही आर्थिक वर्ष भित्रमा खुल्ला दिशामुक्त नगरपालिका घोषण गर्नका लागि आफु प्रंतिवद्ध भई सोहि अनुसारको काम अगाडि बढाउने बताउनु भयो ।Image may contain: 3 people, people on stage and people standing

देवाही गोनाही नगरपालिकाको कुल बजेट २८ करोडको हाराहारीमा रहेको प्रमुख प्रशासकिय अधिकृत प्रमोद साहले रौतहट अनलाईन संग कुरा गर्दै बताउनु भएको छ । प्रथम नगर सभाको खुल्ला सत्रमा  उप–प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु, नगरपालिका कर्मचारी तथा सर्वसाधारणहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।
Image may contain: 10 people, including Rdc Nepal Laukaha Rautahat, people standing, crowd and outdoor
आज उदघाटन भएको नगर सभाको बन्दसत्र चैत्र २५ गते आईतवार देखि हुने प्रमुख प्रशासकिय अधिकृत साहले बताउनु भयो । नगर कार्यपालिका भित्र बिवादका कारण ढिलाई भएको प्रथम नगर सभा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत साहको विशेष सक्रियतामा नगर सभा भब्यताका साथ सम्मपन्न भएको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539567 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top