फरहान अख्तर नेपाल आउँदै /* - - - Script for Auto Navigation - - - */

फरहान अख्तर नेपाल आउँदै

चैत्र २२


अभिनय, फिल्म निर्देशन/निर्माण, गायनलगायत विधामा स्थापित बलिउडका फरहान अख्तर नेपाल आउँदै छन् ।


शनिबार होटल हयात रिजेन्सीमा हुने ‘फरहान लाइभ इन नेपाल’ कन्सर्टका लागि उनी सोही दिन काठमाडौं ओर्लिंदै छन् ।

आफ्नो ब्यान्डसहित उनी दुई घण्टा स्टेजमा रहने आयोजक नाजी इन्टरटेन्मेन्टका प्रवीण श्रेष्ठले कान्तिपुरलाई बताए ।

फरहानले ‘रक अन’, ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘दिल धडकने दो’ लगायत फिल्ममा आफूले गाएका गीतहरू सुनाउनेछन् । कविता वाचन पनि गर्नेछन् । आफू नेपाल आउन आतुर रहेको कुरा उनले फेसबुक स्टाटसमा लेखेका छन् । आयोजकले सार्वजनिक गरेको भिडियोमा पनि उनले काठमाडौंको कन्सर्टलाई यादगार बनाउन सबै पाल्नुहोला भन्दै निम्तो दिएका छन् ।

‘हाम्रोमा फरहानका फयान फलोअर धेरै रहेछन्,’ श्रेष्ठले भने, ‘कन्सर्टका लागि सुहाउँदो सेलेब्रिटी लागेकाले नेपाल ल्याउन आँटेका हाैं ।’



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110270 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top