रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ     केशव स्थापित मन्त्रीबाट बर्खास्त     एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो     म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश     जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज   
पत्रपत्रिकाबाट

सरकार बहुमतमा कि अल्पमतमा ?



पत्रपत्रिकाबाट   1 पटक पढिएको        

काठमाडौँ, १९ बैशाख । सत्तारूढ तेस्रो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । तर, स्पष्ट बहुमतका साथ सरकार सुरक्षित छ । सरकार अप्ठेरोमा परे सहयोग गर्न सक्ने वचन मधेसी दलहरूले पनि दिएका छन् । राप्रपाको कार्यसम्पादन समिति, मन्त्री तथा उपलब्ध केन्द्रीय सदस्यहरूको सोमबार बिहान र साँझ दुईपटक बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकार बहुमतमा कि अल्पमतमा ?


‘संसद्को चौथो र सत्ता गठबन्धनको तेस्रो दल हामीलाई कांग्रेस र माओवादीले महत्वपूर्ण निर्णय प्रक्रियामा निरन्तर उपेक्षा गर्दै आएका थिए, अहिले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेर प्रजातन्त्रलाई नै संकटमा पार्ने काम गरेका छन्,’ बैठकपछि राप्रपा नेता तथा पर्यटनमन्त्री दिलनाथ गिरीले नयाँ पत्रिकासँग भने, ‘यस्तो अविश्वास र संकटका बीच सरकारमा रहनु औचित्यपूर्ण हुँदैन भन्ने निष्कर्षसहित सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ ।’ तर, देशलाई निकास दिन संविधान संशोधनका पक्षमा मत हाल्ने निर्णय गरेको उनको भनाइ थियो ।

संविधान संशोधन प्रस्तावको समर्थन गर्ने
सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय राप्रपा कार्यसम्पादन समिति बैठकले गरेको छ । ‘संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई राप्रपाले समर्थन गर्नेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय चुनावमा सहयोग
सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्न राप्रपाले सरकारलाई सकारात्मक एवं रचनात्मक सहयोग पु¥याउने बताएको छ । ‘संविधानको कार्यान्वयन तथा मधेसी मोर्चासमेतलाई सहभागी हुने वातावरण तयार गरी निर्धारित मितिमा स्थानीय चुनाव सुनिश्चित गर्न राप्रपाले निरन्तर सकारात्मक एवं रचनात्मक सहयोग पु¥याउने छ,’ विज्ञप्तिमा भनिएको छ ।

१० सांसदलाई कारबाही गर्ने
कार्यसम्पादन समिति बैठकले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई अनुपस्थित हुनाको कारणबारे स्पष्टीकरण सोध्ने भएको छ । स्रोतका अनुसार उनीहरूले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा निलम्बन गर्ने विषयमा नेताहरूको एकमत थियो । आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा १० सांसद अनुपस्थित थिए । अनुपस्थित हुने सांसदमा गीता सिंह, कान्ता भट्टराई, सीता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मीदेवी श्रेष्ठ, विराज विष्ट, रामकुमार सुब्बा, बबिना मोक्तान लावती, राजेश्वरी देवी, कमलादेवी शर्मा, रमेश लामा थिए ।

नयाँ पत्रिकाबाट










सम्बन्धित शिर्षक समाचारहरु
  • आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

    २७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
    समाज
    35     रौतहट अनलाईन
  • मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

    २६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय
    देश
    36     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2415869 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top