रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
देश

मन्दिर अगाडि पुग्दा गाडीको हर्न बजाएर देउता ढोग्ने चलन बन्द गर्नुस



देश   24 पटक पढिएको        

जनकपुरधाम, १८ चैत मन्दिर अगाडि पुग्दा गाडीको हर्न बजाएर देउता ढोग्ने चलन बन्द गर्नुस भन्दै स्थानिय जनताले प्रदर्शनमा उत्रेका छन । त्यतिले धित नमर्दा, टिटि.. टिटि.. हर्न थिच्दै जनकपुरको सडकमा गाडी कुदाउनेहरु पनि छन् ।

जनकपुरवासीलाई सवारीसाधनको हर्नले मात्र नभएर मन्दिर–मस्जिदमा बज्ने लाउडस्पीकर र पारिवारिक समारोहमा बजाइने डिजे संस्कृतिले पिरोलिएका छन्। प्रदेश २ को राजधानी जनकपुरमा ‘कानै फुट्ने’ गर्री ध्वनी प्रदूषण छ। अवेर साँझसम्म सवारीसाधनको चर्को हर्नले आजित जनकपुरवासी मध्य रातसम्म मन्दिर र पारिवारिक समारोहमा बज्ने लाउड स्पीकरले निन्द्रा खेर फाल्न बाध्य छन्।
ध्वनी प्रदूषण रोक्न आइतबार जनकपुरमा सचेतना र्‍यालीको आयोजना गरियो। मोडल मल्टिपल कलेजले आयोजना गरेको र्‍यालीको शुभारम्भ वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र चन्द्रकिशोरले गरे। र्‍यालीमा सहभागी हजार भन्दा बढी विद्यार्थी र शिक्षकले ध्वनी प्रदूषण कम गर्न अपिल गरे। ‘ध्वनी प्रदूषण वातावरणसँग मात्र होइन, मानिसको स्वास्थ्यसँग पनि जोडिएको समस्या हो,’ वरिष्ठ पत्रकार दाहालले भने, ‘चर्को ध्वनी नबजाउँदा पनि मानिसको दैनिकी चल्छ। तर ध्वनी प्रदूषण गर्दा मानव स्वास्थ्यमा पुर्‍याएको असर कम गर्न सकिन्न। ’
स्तम्भकार चन्द्रकिशोरले विवाह, व्रतबन्ध, पारिवारिक र समाजिक समारोहमा डिजे बजाउनुलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने संस्कृति मधेसमा झाँगिएकोमा चिन्ता व्यक्त गरे। ‘चर्को स्वरमा डिजे बजाइएन भने प्रतिष्ठा नै जालाजस्तो गर्नु भएन,’ उनले भने, ‘थोरै मानिसको आत्मरतिका लागि बजाइने डिजेले वरिपरिका हजारौं मानिसको स्वास्थ्यमा असर पुर्‍याएको ख्याल गर्नुपर्छ।’ प्राध्यापक सुरेन्द्र लाभले अनावश्यक हर्न बजाउने क्रम जनकपुरमा बढेको बताए।
सचेतना र्‍यालीमा सहभागीहरुले ध्वनी प्रदूषण रोकौं, ध्वनी प्रदूषणलाई खतम गरौं, यसमाथि कानून सख्त गरौँ, लेस साउन्ड, मोर सेन्स, नो डिजे लगायतको प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272959 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top