रौतहटको चन्द्रपुरमा भिषण आगजनी /* - - - Script for Auto Navigation - - - */

रौतहटको चन्द्रपुरमा भिषण आगजनी

रौतहट, १४ चैत


रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगजनी भएको छ । उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिव सुनिलकुमार शाहको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।


SITENAMEआगो नियन्त्रणका लागी चन्द्रपुर, गौर र हरिऔनका पाँच बारुणयन्त्र परिचालित छन्। स्थानीय बासिन्दा र प्रहरी पनि आगो नियन्त्रणमा जुटिरहेका छन्।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। क्षतिको थप बिवरण प्राप्त हुन सकेको छैन।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110263 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top