तराई मुक्ति मोर्चाको सैन्य कमान्डर पक्राउ /* - - - Script for Auto Navigation - - - */

तराई मुक्ति मोर्चाको सैन्य कमान्डर पक्राउ

रौतहट –चैत्र ११


भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्। सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो।


भूमिगत जनतान्त्रिकका सैन्य कमान्डर पक्राउ
ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो। गत जेठ १५ गते सर्लाहीको बरहथवा-४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख फिरौती लिएको आरोप यादवमाथि रहेको छ।

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरी प्रमुख एसपी महम्मद मसाउद अली खाँले जानकारी गराएका छन्। उनले आइतबार राति सर्लाहीबाटै यादवलाई पक्राउ गरिएको बताए। तर भारतको सीतामढी जिल्लाबाट सिआइबीको टोलीले यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको स्रोतको दाबी छ।

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन्। रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चार वटा मुद्दा रहेका छन्।

प्रहरीले प्रदेश २ कै मुख्य अपराधीको रुपमा रहेका यादवलाई पक्राउ गरिनु ठूलो सफलता भएको बताएको छ।
नागरिक न्यूज



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110196 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top