चन्द्रपुर महोत्सव समापन /* - - - Script for Auto Navigation - - - */

चन्द्रपुर महोत्सव समापन

रौतहट ११ चैत्र


रौतहटको चन्द्रपुरमा फागुन २८ गते बाट शुरु भएको महोत्सव आइतवार सकिएको छ । दुई साता देखि लाग्दै आएको चन्द्रपुर महोत्सबको बिधिबतरुपमा समापन गरिएको छ ।


चन्द्रपुर महोत्सव आइतवार समापन चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा संचालन गरीएको समापन समारोहका प्रमुख अतिथि संसद  देब प्रसाद तिमल्सेनाले  महोत्सबले  यसक्षेत्रको गरिमा बढाउन सफल भएको बताउदै आयोजक लाइ धन्यवाद दिएका छन ।

महोत्सवले स्थानिय सस्कृतीको जर्गेना  स्थानीय उत्पादनको बजारिकिरण र व्यापार लाइ प्रर्वधन गर्न सहयोग गरेको समेत ससद तिमल्सेनाले बताएका छन ।

कार्यक्रममा प्रदेश सभा सदस्य धनलला ठोकर  महोत्सबले  यसक्षेत्रको पहिचान स्थापित गर्न सकेको भन्दै आगामी दिनहरुमा ठोस योजनाका साथ अघि बढनु पर्ने बताएका छन ।

 कार्यक्रममा चन्द्रपुर नगरपाल्ऽिकाका उपप्रमुख रामरती चौधरीले महोत्सबले युबा स्वरोजगारमा जोड दिन सकेको भन्दै आयोजकको प्रशंसा गरेका छन ।

 महोत्सब अबधिभर स्थानीय र राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहेको थियो । चन्द्रनिगाहपुर सिटी जेसिसका अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा सामापन भएको कार्यक्रमको प्रमुख अतिथीमा प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्ऽ्सिना, बिशिष्ट अतिथी धनलाल ठोकर, चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरी, चन्द्रनिगाहपुर सिटी जेसिसका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडाअध्यक्षहरु, राजनैतिक पार्टीका नेता, चन्द्रपुर नगरभित्रका सुरक्षानिकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन अबधेशहरी भट्टराईले गरेका छन ।  
कलमपाटी



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2110213 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top