रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग     गृह मन्त्रालयले गर्‍याे ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर     प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा   
राजनिति

गिरिजाप्रसाद कोइराला राजनेताका रुपमा सबै नेपालीका अभिभावकः प्रचण्ड



राजनिति   9 पटक पढिएको        

काठमाडौंँ चैत ७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन्।

बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला कांग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए।

उनले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे।

‘‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ’, उनले भने, ‘‘गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनु होला।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा निषेध भएको उल्लेख गर्दै तर शान्ति प्रक्रियामा आएपछि भने आफूहरुबीचको सम्बन्ध राम्रो भएको बताए।

मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पु¥याउनुपर्ने बताए।

‘‘जसरी कांग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गर्यौँ’, उनले भने, ‘‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्दछ।’

अध्यक्ष दाहालले राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको बताउँदै सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश नबने भन्र्दै मिलेर अगाडि बढ्न सुझाव दिए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरलाई सुन्दर बनाउनका लागि विद्यार्थी पनि लाग्नुपर्ने बताउँदै फोहर फाल्नेलाई नयाँ कानून बनाई कडा कारबाही गर्न थालिएको जानकारी दिए।

‘‘सबै शहरवासीको सहयोगले काठमाडौँलाई सुन्दर बनाउन सकिन्छ,’ उनले भने।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले सामुदायिक कलेज आफ्नो प्राथमिकता रहेको बताए। व्यवस्थापिका–संसद्ले आफूखुशी त्रिविलाई नै नसोधी नीतिनियम बनाउन थालेको भन्दै उनले त्रिविका बारेमा जथाभावी राजनीतिक निर्णय नगर्न आग्रह गरे।

कलेजका संस्थापक अध्यक्ष भीमसेनदास प्रधानले शिक्षा सबैको पहुँचमा पु¥याउनु पर्ने गिरिजाप्रसादको सपनालाई साकार पार्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउँदै गिरिजाप्रसादले भनेजस्तो सहमति, सहकार्य र एकतामा सबै दलले जोड दिनुपर्ने धारणा व्यक्त गरे।

क्याम्पस प्रमुख खिलानाथ सापकोटाले कलेजले गरिबी असहायलाई निःशुल्क पढाउने गरेको बताउँदै कलेजमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए। रासस










सम्बन्धित शिर्षक समाचारहरु
  • उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

    रौतहट/०७,फाल्गुन/ रौतहटको कटहरिया नगरपालिका स्थित माध्यमिक विधालय वगहीमा छात्रवृति वितरण कार्यक्रम भएका छन् । रौतहट जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको छात्रवृति एक समारोह विच वितरण गरेका छन् । मावि वगहीमा
    समाज
    45     रौतहट अनलाईन
  • मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

    रौतहट/०५ ,माघ / मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोको सहादत दिनलाई मधेश सरकार र मधेशी जनताले बलिदानी दिवसको रुपमा आज सनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । बलिदानी
    समाज
    19     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2485420 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top