रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
देश

विमान दुर्घटनामा परेका २३ बंगलादेशी नागरिकको शव लग्ने तैयारीमा



देश   53 पटक पढिएको        

चैत ५ युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव सोमबार स्वदेश लगिँदै छ।

नेपालस्थित बंगलादेशी दूतावासका अनुसार सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा (मुस्लिम धर्म अनुसारको अन्तिम श्रदान्जलि) दिएर स्वदेश लग्ने तयारी भएको हो।

दूतावासका अधिकारी र काठमाडौंमा रहेका बंगलादेशी नागरिकले अन्तिम श्रदान्जलीमा सहभागिता जनाएका थिए। 

शव लैजान बंगलादेशी वायु सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयअघि अवतरण भइसकेको छ।

युएस–बंगला एयरलाइन्सको विमान गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा बंगलादेशी नागरिकसहित ५१ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा विमानको चालक दलका ४ सदस्य समेत रहेका थिए। विमानमा सवार रहेका अन्य १९ जनाको समेत घटनास्थलमै मृत्यु भएको थियो।

दूतावासका अनुसार हाल ३ जना बंगलादेशीको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

विमानमा ४ जना चालक दलका सदस्य सहित ७१ जना सवार थिए। जसमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिक थिए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539598 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top