विमान दुर्घटनामा परेका २३ बंगलादेशी नागरिकको शव लग्ने तैयारीमा /* - - - Script for Auto Navigation - - - */

विमान दुर्घटनामा परेका २३ बंगलादेशी नागरिकको शव लग्ने तैयारीमा

चैत ५


युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव सोमबार स्वदेश लगिँदै छ।


नेपालस्थित बंगलादेशी दूतावासका अनुसार सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा (मुस्लिम धर्म अनुसारको अन्तिम श्रदान्जलि) दिएर स्वदेश लग्ने तयारी भएको हो।

दूतावासका अधिकारी र काठमाडौंमा रहेका बंगलादेशी नागरिकले अन्तिम श्रदान्जलीमा सहभागिता जनाएका थिए। 

शव लैजान बंगलादेशी वायु सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयअघि अवतरण भइसकेको छ।

युएस–बंगला एयरलाइन्सको विमान गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा बंगलादेशी नागरिकसहित ५१ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा विमानको चालक दलका ४ सदस्य समेत रहेका थिए। विमानमा सवार रहेका अन्य १९ जनाको समेत घटनास्थलमै मृत्यु भएको थियो।

दूतावासका अनुसार हाल ३ जना बंगलादेशीको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

विमानमा ४ जना चालक दलका सदस्य सहित ७१ जना सवार थिए। जसमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिक थिए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2109262 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top