रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

कांग्रेस नेता रामशरण महतलाई बाेतलले हान्ने पक्राउ



राजनिति   4 पटक पढिएको        

नुवाकोट चैत २ पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डा.रामशरण महत

दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। 

शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गर्दै गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई प्रहरीले पक्राउ गरेकाे प्रहरी प्रमुख कुँवरले जानकारी दिए।

साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुर ल्याएको छ। उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ। 










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188953 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top