रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सशस्त्र प्रहरी निरीक्षक खनाल द्वारा साढ़े १४ लाखको सामान पक्राउ     साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर     प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल     राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य झाद्धारा टिकुलिया पुल प्रति चासो व्यक्त     अवसर पाए महिला जुन सुकै क्षेत्रमा आफ्नो प्रतिभा देखाउन पछि नहटने :- राज्यमन्त्री झा     संविधान बदलियाे, संस्कार बदल्न सङ्घर्ष गरौं : बिना मगर     सुनचाँदी महासंघका उपाध्यक्ष रामजी साहलाई पितृ शोक     मधुकुमार थापा भए प्रदेश तीनको उत्कृष्ट प्रहरी     प्रेममा छिन् सरस्वती प्रतीक्षा     मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘सिएमसी’ बाटै गराउनुपर्छ : खानेपानी मन्त्री मगर     ‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता   
समाज

प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै गृहमन्त्रीद्वारा राष्ट्र बैंकमा तालाबन्दी



समाज   221 पटक पढिएको        

जनकपुरधाम /१०,भदौ/ प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून (गृह) मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा ताला लगाएका छन् । आफूहरु केन्द्र सरकारको निकाय भन्दै प्रदेश सरकारले गरेको निर्णयलाई आवज्ञा गरेपछि गृह मन्त्री स्वयंले नै जनकपुर स्थित राष्ट्र बैंकको मूल गेटमा

प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै गृहमन्त्रीद्वारा राष्ट्र बैंकमा तालाबन्दी


तालाबन्दी गरेका हुन् ।

‘प्रदेशको भूमीमा रहेको जुनसुकै कार्यालयले प्रदेश सरकारको निर्णय मान्नुपर्छ’ कानुनमन्त्री  यादवले भने- ‘प्रदेशको निर्णय नमान्ने हो भने यहाँबाट कार्यालय सारे हुन्छ । अन्यथा यसप्रदेशको एक-एक निर्णय प्रत्येक कार्यालयले मान्ने पर्दछ ।’ उनका अनुसार प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री यादव आफै जनकपुर स्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन् । संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2511645 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top