रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ     सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर     शकिल अख्तरको एक माथि अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै      प्रधानमन्त्री ओलीलाई रौतहटमा ‘ग्रान्ड’ स्वागत     पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता      ललितपुरको नक्खुस्थित एनसेलको कार्यालयमा बम बिस्फोट, राजधानीको सुरक्षा व्यवस्था कडा     ‘कमिसन र घुस राेक्न पारदर्शी नमूना कार्यालय बनाउँदैछाैं’ : मन्त्री अर्याल     मन्त्री पद्मा अर्यालका पाँच महिना : यी हुन् प्रमूख उपलब्धि     मेयर सत्तापक्ष र उपमेयर प्रतिपक्ष हुँदैन : रेणु दाहाल   
समाज

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



समाज   14 पटक पढिएको   जितेन्द्र कुमार दास   २०७५ आषाढ २२ शुक्रवार   

रौतहट । रौतहट जिल्लाको १८ स्थानिय तह मध्ये दुर्गा भगवती गाउँपालिकामा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएका छन् ।

दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

दुर्गा भगवती गाउँपालिकाको सहकार्य तथा क्रिएटिव ग्रुप अफ नेपालले दुर्गा भगवती गाउँपालिका वडा नं. २ का सामुदायिक भवनमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष साहले गल्ती तथा नराम्रो काम गर्ने जनप्रतिनिधिहरुलाई गाउँबासीहरुले ध्यानदिनु पर्ने र बेला बेलामा सोध पुछ गर्ने धारण राखे ।

भौतिक भुर्वाधारको लागत ईस्टीमेट अनुसार काम नगरेको खण्डमा कानुनी कार्यवाही गरिने गाउँपालिका अध्यक्ष अरुण साहले चेतावनी समेत दिएका छन् ।

अध्यक्ष साहले भने हामीले गल्ती गर्छै भने तपाईहरु निर्धक रुपमा भन्नु म सुधार गर्छु । काम गर्ने समयमा सामान्य त्रुटि हुनु स्वभाविक भएपनि सडक, नाला, भवन निर्माणमा गुणस्तरिय निर्माण सामाग्री प्रयोग गरेको खण्डमा सजाए हुने बताए ।

गाउँपालिका अध्यक्ष शिक्षा, स्वास्थ्यको विषयमा नगरपालिकाले कडा निति लिएको जानकारी गराउदै शिक्षामा जोकोही राजनिति तथा खेलवाड गर्ने शिक्षकलाई सिधै कार्यवाही गरिने भएकोले विधालयको अभिावकको नाताले समय समयमा अनुगमन गर्न सबै वडा अध्यक्षहरु संग आग्रह गरे ।

दुर्गा भगवती गाउँपालिकाको विकाको लागि सडकको र पानी निकासको निमित नाला निर्माण नितान्त आवश्यकतम रहेको बताए ।

कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका वडा अध्यक्ष डिके झाले विकास विस्तारै रुपमा परिवर्तण ल्याउछ आज हैन् भोली पक्कै परिवर्तणको अनुभुति महशुस गर्नु हुन्छ वडा अध्यक्षले भने कुनै कार्यमा आतिनु हुदैन धैरता पूर्वक बस्नु पर्छ बताउनु भयो ।

सो सार्वजनिक सुनुवाई कार्यक्रमको संचालक पत्रकार प्रेमचन्द्र झाले गरेको थिए ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2539515 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top