रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
समाज

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत साह चेक बुक लिएर फरार



समाज   9 पटक पढिएको   रौतहट संवाददाता   २०७५ जेष्ठ ३१ बिहीवार  

जिल्लाको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंजना कुमारी साह नगरपालिका कार्यालयबाट चेक बुक तथा दर्ता चलानी रजिष्टर लिएर फरार भएका छन् ।

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत साह चेक बुक लिएर फरार

प्रमुख प्रशासकिय अधिकृत साह कर्मचारी तथा राजनेतीक तलका पदाधिकारीहरुको  मिलेमतोमा करौडौको भ्रष्टाचार गरेका छन् । नगरपालिकाको स्थानीय विकासका लागि भन्दै नेपाल सरकारले विकास गर्न ३६ करोड जति रकम दिएका छ । उक्त नगरपालिकाको विकासमा शुन्य बराबर भएको    छ । जन प्रतिनिधि भन्दा आफ्नो शासन गर्न केही कर्मचारीहरु तल्लिन रहेका छन्न, उनीहरु केही ठूला नेताहरूको सरक्षणमा कमिशनतन्त्र मच्चाउँदै उप सचिवको दरबन्दी भएको स्थानमा नियमित अधिकृत भै कार्यकारी हैसियतमा काम गर्दै आएको छन् ।


प्रमुख प्रशासकिय अधिकृत साहले लाखौं लाख रकम यी उच्च पदकारीलाई दिन समान्य प्रशासन मन्त्रालय र सघिय मामिला मन्त्रालयको सचिव, सहसचीव र उप सचिवदेखि अधिकृतसम्मलाई रकम बुझाउँदै आएको स्थानीय बासीस्को आरोप रहेको छ ।


नगरपालिकाका कर्मचारीहरुले जनताको काम कमिशन बिना गर्दैन् त्यतिमात्र होर प्रमुख कार्यकारी अधिकृत रजना साहले त रौतहटमा ठूलो रकम कमाउने उदेश्यले दादागिरी शासन नै चलाएको बताइन्छ । नगरपालिका स्थापना भएदेखि विकास निर्माणका कामकाजहरु कागजमै सिमित राखी नक्कली बिलभरपाई बनाउादै अनियमितता गर्न साह अहोरात्र तल्लिन छन् जन प्रतीनिधि नहुने बेला देखि नै उनले करोडौं रकम भ्रष्टाचार गरि रजाई गरि रहेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियबासीले खुलासा गरेका छन् ।

त्यसैगरि गाविस सचिव पदमा विगत लामो समय देखि भ्रष्टाचार गर्दै आएको जिल्लाको नामुद भ्रष्टका रुपमा चिनिने सचिव मुकेश साहका कर्तुतपनि अनगिन्ती रहेको बताइएको छ । मुकेश साहको विरुद्ध थुप्रै उजुरी दर्ता भएको छ । हाल फतुवा विजयपुर नगरपालिका जिन्सी शाखा प्रमुख मुकेश साहले कार्यालयको समान खरिदमा पनि क्वालिटी र क्वान्टीटिमा अनियमितता गर्ने गरेका छन्, उनले सस्तो सामानको महंगो बिल बनाउन लगाई जिन्सी दाखिला गरि गुप्त रूपमा करोडौं रकम हिनामिना गरेको बतायएको छ ।

भ्रष्ट प्रमुख प्रशासकिय अधिकृत साहले नगरपालिका र सबै वडाहरुबाट विकास बजेटबाट ३० देखि ४० प्रतिशत रकम अनिवार्य रुपमा कमिशसन लिने गरेको एक वडा अध्यक्षले बताएका छन् । नगरपालिका सबै कार्यक्रम कर्मचारीतन्त्रमा सिमित भएका छन्न, प्रमुख प्रशासकिय अधिकृत साहले ७० लाख रकम कुनै प्रक्रिया पूरा नगरी रौतहट सहिद स्मृति प्रतिठानलाई एक पुर्वमन्त्री मिलेमतोमा दिएको खुलेको छ ।


कार्याकारी प्रमुख नियमित रूपमा कार्यालय पनि नाआउने जनतालाई विना काम दुःख दिने जस्ता गतिविधी भैरहेको बताइएको छ । भ्रष्ट रजना कुमारी साह र मुकेश साहविरुद्ध छानबिन गर्न स्थानियबासीहरुले सरकारको अधिकारिक निकायमा उजुरी समेत दर्ता गराएका छन् । लिखित रूपमा सूचना पनि नदिने बेभसाइटमा खर्च विवरण पनि नराख्ने जस्ता गतिविधी उनीहरुको छ । यी दुबै कर्मचारीलाई स्थानियबासीहरुले लगाएको आरोपको प्रतिकृयाका लागि सम्पर्क गर्दा सम्पर्क हुनसकेन । दैनिक ब्रहमास्त्र










सम्बन्धित शिर्षक समाचारहरु

आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप

उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण

मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल

पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण

गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध

संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला

बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड

गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा

सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486795 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top