रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

दुर्गा भगवती गाउँपालिकामा खानेपानी टयांकीको शिलान्यास



समाज   7 पटक पढिएको      २०७५ जेष्ठ ०२ बुधवार  

रौतहट, बैशाख ३१ रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ मा मा खानेपानी टयाँकी तथा पर्खालको शिलान्यास भएको छ । दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले एक कार्यक्रम बीच शिलान्यास गर्नु भएको छ ।

दुर्गा भगवती गाउँपालिकामा खानेपानी टयांकीको शिलान्यास

उपभोक्ता समितिका अध्यक्ष रामानन्द यादवका अनुसार खानेपानी टयाकीको शिलान्यास यस अघि भएता पनि विवादका कारण काम अगाडि बढन सकेको थिएन् । यस वर्ष समेत काम अगाडि नबढे परियोजना समाप्त हुने अवस्था सृजना भएपछि गाउँपालिका अध्यक्ष साहको प्रयासले काम अगाडि बढेको स्थानियको भनाई रहेको छ ।

दुर्गा भगवती गाउँपालिका वडा नं. ४ का एलानी जग्गामा निर्माण हुन लागेको खानेपानी टयांकी तथा पर्खालको लागि यस आर्थिक वर्षमा १५ लाख विनियोजन रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रौतहटका ईन्जीनियर भरत श्रीवास्तवले बताएका छन् ।
सो जग्गा खाल्डो रहेका कारण गाउँपालिकाबाट माटो पुर्ने काम तथा आवश्यक अन्य सहयोग समेत गर्न आफु तयार रहेको गाउँपालिका अध्यक्ष साहले बताउनु भएका छ ।

अध्यक्ष साहको अनुसार गाउँपालिकाको विकासको लागि आफु सदैब तत्पर रहेको बताउनु भएको छ । सो कार्यक्रममा दुर्गा भगवती गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रदुमन चौधरी, वडा नं. ३ का अध्यक्ष डिके झा, वडा नं. ४ का वडा अध्यक्ष राम बाबु राय यादय लगायत स्थानियको उपस्थिति रहेको थियो ।
 










सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348324 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top