रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

माधव नारायण नगरपालिकामा सुशासन तथा पारदर्शीतालाइ प्राथमिकता



समाज   681 पटक पढिएको        

रौतहट, ३० बैशाख रौतहटको माधव नारायण नगरपालिकामा सुशासन तथा पारदर्शीतालाइ प्राथमिकताका साथ अघि बढाइएको छ ।


माधव नरायण नगरपालिका कार्यालयबाट हुने काम काज सर्वसाधारणले सहज रुपले जानकारी पाउने उद्येश्यले सुशासन तथा पारदर्शीतातर्फ नगरपालिका अग्रसर रहेका छन ।

सशासनको अभ्यास द्रुत गतिमा भैइरहेको तथा नगरवासीको कामकाज नियमानुसार तोकिएको समयभित्र सहज रुपले गर्न तर्फ आफू सक्रिय रहेको माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्थले बताउनुभयो ।

माधव नारायण नगरपालिकाको विस्तृत पाश्र्वचित्र तयार भैइरहेको तथा नगरपालिकामा विद्युतिय हाजीरी जडान भएको तथा नपा क्षेत्र भित्र रहेको सबै वडा कार्यालय ,सबै स्वास्थ्य चौकी लगायत सबै विद्यालयमा विद्युतिय हाजीरी मेसिन जडान कार्य भैइरहेको समेत प्रमुख प्रशासकिय अधिकृत  कायस्थले बताउनुभयो ।

नगरपालिकामा पारदर्शीता कायम गर्न वेभसाइटमा सम्पूर्ण विवरण राख्निे देखि लिएर नपाको विकास निर्माण कार्य देखि लिएर हरेक गतिविधि नगरवासी लगायत सर्वसाधारणले सजिलै थाहा पाउने उद्येश्यले काम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत  कायस्थको भनाइ रहेको छ ।

नगरपालिकालाइ लैङ्गिक मैत्री बनाउदै लगायत नगरपालिकाको  प्रत्येक वडामा इन्टरनेटको व्यवस्था भैइरहेको तथा मोबाइल एप लागु गरेको समेत प्रमुख प्रशासकिय अधिकृत कायस्थले बताउनुभयो ।

नपामा पंजीकरण अनलाइन हुने तथा सामाजिक सुरक्षा भता बैंक मार्फत वितरण गरिने प्रक्रिया अघि बढाइएको जानकारी दिदै नपालाइ व्यवस्थित एवं अनुसाशित बनाउन आफू सक्रिय रहेको समेत उहाले जानकारी दिनुभयो ।

नपाको विकास तथा स्मृद्धिकोलागि सुशासन एवं पारदर्शीता मुख्य विषय रहेकोले यसमा आफूले कुनै किसिमको कमी नगर्ने बताउदै उहा“ले नगरवासीलाइ सर्वसुलभ एवं सहज ढंगले काम काज गर्न आफैले निगरानी गर्ने गरेको समेत उहा“ले बताउनुभयो ।

उहा“ले नगरपालिका भित्र रहेको स्वास्थ्य संस्था तथा विद्यालय लगायत अन्य कार्यालयबाट नगरवासीले सहज रुपले सेवा पाउने उद्येश्यले सम्बन्धित कार्यालयमा सुशासन कायम गर्नमा नगरप्रमखसंगै आफू सक्रियता रुपले अनुगमन तथा निरीक्षण गर्ने गरेको समेत बताउनुभयो ।

नगरपालिका भित्र सडक ग्राभेल ,सडक ढलान ,शौचालय निर्माण र हैण्ड पाइप जडान ,विशुनपूर्वा मानपुरमा ब्रह्म मन्दिर निर्माण ,दिपहीममा नाला सफाइ तथा सडक मर्मत ,सखुअवामा सडक ढलान ,माधोपुरमा सडक ग्राभेल ,गढोमा पिसिसि ढलान ,डुंगा निर्माण ,माधोपुरमा महाविर मन्दिर निर्माण मिठुअवामा सडक ग्राभेल लगायतका विभिन्न विकास निर्माण कार्य त्रिव गतिमा भैइरहेको समेत प्रमुख प्रशासकिय अधिकृत कायस्थले बताउनुभयो ।









सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    382    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    28    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2348360 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top