रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
समाज

रौतहटका अपाङ्गलाई सहायक सामग्री बितरण



समाज   258 पटक पढिएको        

रौतहट, ३० बैशाख रौतहटको चन्द्रपुर–५ मा आज अपाङ्गता भएका ब्यक्ति लाई सहायक सामग्री बितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग बाल सहायता केन्द्र काठमाण्डौको आयोजनामा रौतहट बिभिन्न तीन जना लाई ट्राईसाईकल, दश जना लाई बैशाखी १० जना लाई वाईट क्यान र ८ जना लाई स्टीक बितरण गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र काठमाण्डौ महानगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले चन्द्रपुर–५ स्थित राधाकृष्ण मंदिरमा उक्त सहायक सामग्री बितरण गरिएको हो ।

 सहायक सामग्री बितरण गर्न आयोजित कार्यक्रमको प्रमुख अतिथीमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख मोक्सुद आलम, ट्राफिक प्रहरी निरिक्षक राममणी उप्रेती, प्रहरी निरिक्षक तेजनारायण यादब, नेपाली काग्रेसका पुर्ब उपसभापति अनन्त कोईराला, अजय साह, महिला नेतृ लक्षिम बराल, नेबिसंघका केन्द्रिय सदस्य फिरोज आलम, नेबिसंघ रौतहटका अध्यक्ष श्यामहरी चौलागार्इँ, राष्ट्रिय अपाङ्ग कोषको पुर्ब केन्द्रिय सभापति नितेश गुप्ता, हरी मिश्र लगायतको आतिथ्यता रहेको थियो ।

चन्द्रपुर नगरपालिकाको वडानम्बर पाँचका वडाअध्यक्ष संजय काफलेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र पौडेलले अपाङ्गहरुको निम्ति जीबिकोपार्जन हुने गरी कार्यक्रम ल्याउने बताउनु भयो तथा नेविसंध रौतहटका अध्यक्ष श्याम चौलागाईले आपाङगहरुको हक हितको कार्यक्रमहरु निरन्तरता दिन आफु प्रतिवद्ध रहेको बताउनु भयो ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183105 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top